
पनौती/काभ्रेपलाञ्चोक: गंगा दशहरा पर्व तथा पावन स्नानको विशेष अवसरमा काभ्रेपलाञ्चोकको प्रसिद्ध धार्मिक स्थल कालाग्निरुद्र पीठ लड्केश्वर धाममा नवनिर्मित १०८ शिव धाराको भव्य समुद्घाटन गरिएको छ।२०८२ सालमा ॐकार टेलिभिजन र ॐकार फाउन्डेशनले १०८ शिव धारा निमार्णका लागि आवहान गरी १०८ जना कर्ता भक्तजनहरु बनेर निर्माण भएकाे हाे । दशहरा स्नानकाे समयमा आयोजित विशेष धार्मिक अनुष्ठानका बीच १०८ धाराको उद्घाटन गरी सर्वसाधारण श्रद्धालु भक्तजनका लागि खुला गरिएको हो। उक्त अवसरमा नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका साधु-सन्त, गुरुजन तथा हजारौँ भक्तजनहरूले १०८ धारामा स्नान गरी लड्केश्वर महादेवको पूजा-आराधना तथा रुद्राभिषेक गरेका थिि ।ए
धार्मिक विश्वास अनुसार गंगा दशहराको दिन १०८ शिव धाराको पवित्र जलमा स्नान गर्नाले सम्पूर्ण पाप र ताप नष्ट भई आध्यात्मिक पुण्य प्राप्त हुन्छ। १०८ फिट अग्लो त्रिशूल र कालाग्निरुद्र महादेवको पीठ रहेको यस धाममा १०८ शिव धारा थपिएपछि यो क्षेत्र देशकै एक प्रमुख धार्मिक तथा आध्यात्मिक पर्यटन गन्तव्यका रूपमा विकसित भइरहेको छ। कार्यक्रममा भजन-कीर्तन, विशेष पूजा तथा यज्ञ-अनुष्ठान समेत सम्पन्न भएको थियो।
वि.सं.२०८३ असोज १६ शुक्रवार १६:१३ मा प्रकाशित












