काभ्रे । बनेपा–५ स्थित गोसाइँकुण्डमा जनैपूर्णिमाको पवित्र अवसरमा दर्शन तथा पूजा–आराधना गर्न भक्तजनहरूको उल्लेख्य भीड लागेको छ। ऋषितर्पणी र रक्षाबन्धन पर्वका अवसरमा यहाँ पूजाआजा गर्नाले मनोकांक्षा पूरा हुने र जनै फेर्ने तथा रक्षाबन्धन बाँध्ने परम्पराअनुसार स्थानीय तथा टाढाटाढाबाट आएका श्रद्धालुहरूको बिहानैदेखि घुइँचो लागेको हो।
वि.सं.२०८३ भदौ १२ शुक्रवार १२:३५ मा प्रकाशित

















