back
Close [x]

आजको मौसम : कोशी र बागमतीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, अन्य प्रदेशमा पनि बदली र हल्का वर्षा

वि.सं.२०८३ असोज १६ शुक्रवार

12 

shares

काठमाडौं । देशका विभिन्न भू–भागमा आज मौसममा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना रहेको छ।

भोलि दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागसहित देशका तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान छ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने विभागले जनाएको छ।

त्यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले मौसमसम्बन्धी अद्यावधिक सूचना तथा चेतावनीहरूका लागि आधिकारिक विवरणमा ध्यान दिन आग्रह गर्दै आएको छ। विभागको वेबसाइटमा मौसम तथा जलविज्ञानसम्बन्धी नियमित अनुगमन र पूर्वानुमान उपलब्ध गराइएको छ ।

वि.सं.२०८३ असोज १६ शुक्रवार ०६:३१ मा प्रकाशित

आज विश्व मुस्कान दिवस : एउटा मुस्कानले फैलाउन सक्छ खुसी

आज विश्व मुस्कान दिवस : एउटा मुस्कानले फैलाउन सक्छ खुसी

काठमाडौं । आज अक्टोबर २ अर्थात् विश्व मुस्कान दिवस (World...

निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न बाटो खुला

निजी क्षेत्रलाई राष्ट्रिय प्रसारण लाइन प्रयोग गर्न बाटो खुला

काठमाडौँ । सरकारले निजी क्षेत्रलाई राष्ट्रिय विद्युत प्रसारण लाइन प्रयोग...

अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने नीति स्वीकारियो

अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा उपलब्ध गराउने नीति स्वीकारियो

काठमाडौं, असोज १५ — सरकारले पूर्ण तथा अति अशक्त अपाङ्गता...

शुक्र अस्तका कारण दशैंका कर्म रोकिन्छन् त? शास्त्रीय मान्यता के छ?

शुक्र अस्तका कारण दशैंका कर्म रोकिन्छन् त? शास्त्रीय मान्यता के छ?

काठमाडौं । २०८३ सालमा असोज २८ गतेदेखि कार्तिक ११ गतेसम्म...

“नवदुर्गाको नौ स्वरूप, नौ कन्याको पूजन : ओमकार टेलिभिजनको नवरात्रि परम्परा दशमीमा देवी विसर्जनसँगै पूर्ण”

“नवदुर्गाको नौ स्वरूप, नौ कन्याको पूजन : ओमकार टेलिभिजनको नवरात्रि परम्परा दशमीमा देवी विसर्जनसँगै पूर्ण”

काठमाडौं । वैदिक सनातन परम्परामा देवीशक्तिको आराधनाका रूपमा मनाइने शारदीय...

डलर ओरालो लाग्दा युरो उकालो, यस्तो छ आजको विनिमयदर

डलर ओरालो लाग्दा युरो उकालो, यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८३ असोज १५ गते...