काठमाडौं । ॐकार परिवार नेपालले शिव–शक्ति आराधनाका माध्यमबाट परिवार, समाज र राष्ट्रको समृद्धिको सङ्कल्पसहित आयोजना गरेको वेत्रावती शान्तियात्रा २०८३ साल कार्तिक १० गते कालाग्नि रुद्रपीठ लड्केश्वर धामका पीठाधीश श्री मुकुन्द शर्मा हुमागाईंको नेतृत्वमा सम्पन्न भएको छ।
धार्मिक आस्था, आध्यात्मिक चिन्तन, सामाजिक सद्भाव तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यसहित अघि बढाइएको शान्तियात्रामा धार्मिक गुरु, विद्वान्, समाजसेवी, व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
शान्तियात्रामा नायब बडागुरुज्यू प्रा. डा. श्री माधवप्रसाद भट्टराई, विदुषी डा. कान्ता भट्टराई, विश्व हिन्दु महासंघका सभापति श्री अरुणकुमार पाण्डे, नेपाली हिन्दु समाज अस्ट्रेलियाका पं. श्री प्रकाश ढोडारी तथा अवकाशप्राप्त उपरथी श्री सतीशविक्रम शाह सहभागी थिए।
त्यसैगरी, पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. श्री रामचन्द्र गौतम, नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री केशव पुरी, श्री शान्तिदेव पुरी (जेन्जी), पञ्चाङ्गसम्बन्धी समितिका पूर्वनिर्देशक आचार्य पं. श्री लक्ष्मण पन्थी, व्यवसायी तथा समाजसेवी श्री हरिहर ढुंगाना र श्री उमेश श्रेष्ठ पनि शान्तियात्रामा सहभागी थिए।
यात्रामा श्री दिपेश शर्मा हुमागाईं, आमा सोमकुमारी हुमागाईं तथा श्री मनोज रानाको समेत सहभागिता रहेको थियो।
वेत्रावती शान्तियात्राले धार्मिक तथा आध्यात्मिक चेतनाको अभिवृद्धि, आपसी सद्भावको प्रवर्द्धन र समाजमा सकारात्मक सोचको विकास गर्ने सन्देश दिएको आयोजक पक्षको अभियानको मूल भाव रहेको छ। शिव–शक्ति आराधनालाई परिवारको सुख, सामाजिक एकता र राष्ट्रको समृद्धिसँग जोड्दै अघि बढाइएको यस अभियानले धार्मिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरूलाई एउटै उद्देश्यमा जोड्ने प्रयास गरेको छ।
यसैक्रममा बटारमा शान्तियात्रामा सहभागी टोलीलाई श्री सैलेन्द्र श्रेष्ठ र केशव रामानुजदास प्रभुले स्वागत गरेका थिए।
ॐकार परिवार नेपालले धार्मिक आस्था र आध्यात्मिक चिन्तनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै परिवार, समाज र राष्ट्रको हितमा सकारात्मक योगदान पुर्याउने उद्देश्यका साथ आफ्नो अभियान अघि बढाएकाे छ।
वि.सं.२०८३ कात्तिक १० मंगलवार १५:५३ मा प्रकाशित

















