back
Close [x]

दोस्रो राष्ट्रिय कोटिहोम २०८३ माघ शुक्ल पक्षमा सञ्चालन हुने

दोस्रो राष्ट्रिय काेटिहाेम हुन मात्र १०० दिन बाकी

वि.सं.२०८३ कात्तिक १६ सोमवार

3K 

shares

काठमाडौँ । भव्य धार्मिक तथा सांस्कृतिक महायज्ञ ‘दोस्रो राष्ट्रिय कोटिहोम’ विक्रम संवत् २०८३ सालको माघ शुक्ल पक्षमा आयोजन गरिने भएको छ।

ॐकार टेलिभिजनको प्रत्यक्ष प्रसारण कार्यक्रम ‘ॐकार ध्वनि’ मार्फत कालाग्नि रुद्रपीठका पीठाधीश मुकुन्द शर्मा हुमागाईँले उक्त धार्मिक अनुष्ठानको आधिकारिक घोषणा गर्दै सम्पूर्ण भक्तजनहरूलाई सहभागिताका लागि आह्वान गर्नुभएको छ।

कार्यक्रममा बोल्दै पीठाधीश हुमागाईँले सनातन धर्म, वैदिक संस्कृति र राष्ट्रिय कल्याणको प्रवर्द्धनका लागि यो कोटिहोमको आयोजना गर्न लागिएको जानकारी दिनुभयो। माघ शुक्ल पक्षको पवित्र अवधिमा सञ्चालन हुने यस महायज्ञमा देशभरका साधु-सन्त, धार्मिक व्यक्तित्वका साथै महामहिम र सर्वसाधारण भक्तजनहरूको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको छ।

‘ॐकार ध्वनि’ को प्रत्यक्ष प्रसारणका क्रममा उहाँले विश्वशान्ति, मानवकल्याण तथा आध्यात्मिक चेतना अभिवृद्धिका लागि यस दोस्रो राष्ट्रिय कोटिहोममा ऐक्यबद्धता जनाउन र प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिन सबैमा हार्दिक अनुरोध गर्नुभएको छ।

वि.सं.२०८३ कात्तिक १६ सोमवार १०:१४ मा प्रकाशित

कोटिहोमको रहस्य के हो? किन गरिन्छ यस्तो महायज्ञ, के भन्छन् शास्त्र?

कोटिहोमको रहस्य के हो? किन गरिन्छ यस्तो महायज्ञ, के भन्छन् शास्त्र?

काठमाडाैं।हिन्दू सनातन धर्ममा यज्ञ, हवन, पूजा, जप, तप र दानलाई...