back
Close [x]

आजदेखि सरकारी कार्यालयको समय परिवर्तन, ४ बजेसम्म मात्रै सेवा

वि.सं.२०८३ कात्तिक १६ सोमवार

1.5K 

shares

काठमाडौं । आज (सोमबार) कात्तिक १६ गतेदेखि देशभरका सरकारी कार्यालयको हिउँदे समय लागू भएको छ। नयाँ व्यवस्थाअनुसार अब सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्र सञ्चालन हुनेछन्।

नेपाल राजपत्रमा प्रकाशित गृह मन्त्रालयको सूचनाअनुसार कात्तिक १६ गतेदेखि आगामी माघ १५ गतेसम्म सरकारी कार्यालयको समय बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म कायम गरिएको हो।

यसअघि सरकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए। हिउँदमा दिन छोटो हुने भएकाले कार्यालय समय एक घण्टा घटाइएको हो।

यो व्यवस्था सरकारी कार्यालय तथा सार्वजनिक निकायमा लागू हुनेछ। शैक्षिक संस्थाहरूको दैनिक सञ्चालन समय भने छुट्टै व्यवस्थाअनुसार रहनेछ।

कार्यालय समय परिवर्तनसँगै सरकारी सेवा लिन जाने सेवाग्राहीले अब दिउँसो ४ बजेभित्रै आवश्यक काम सम्पन्न गर्ने गरी आफ्नो समय व्यवस्थापन गर्नुपर्नेछ।

वि.सं.२०८३ कात्तिक १६ सोमवार १०:०२ मा प्रकाशित

आज राधाष्टमी व्रत : श्रीराधाको भक्ति, प्रेम र समर्पणको स्मरण गरिँदै

आज राधाष्टमी व्रत : श्रीराधाको भक्ति, प्रेम र समर्पणको स्मरण गरिँदै

काठमाडौं ।  आज सोमबार राधाष्टमी व्रत तथा गोरखकाली पूजा मनाइँदैछ।...

मनोरञ्जनका नाममा धर्म र संस्कृतिको उपहास कहिलेसम्म?

मनोरञ्जनका नाममा धर्म र संस्कृतिको उपहास कहिलेसम्म?

सम्कपादकीय । कला र मनोरञ्जन समाजको ऐना हुन्। कलाकारले समाजका...

बेथानचोक–४ खहरेखोलामा पहिरो र लेदोको वितण्डा, एक घर पुरियो, दुई घरमा पानी पस्‍यो

बेथानचोक–४ खहरेखोलामा पहिरो र लेदोको वितण्डा, एक घर पुरियो, दुई घरमा पानी पस्‍यो

काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ स्थित खहरेखोलामा शनिबार बिहान अविरल वर्षासँगै...

रास्वपाको सचिवालय बैठक आज, के छन् छलफलका विषय?

रास्वपाको सचिवालय बैठक आज, के छन् छलफलका विषय?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज...

बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सडक तथा पुल अवरुद्ध

बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सडक तथा पुल अवरुद्ध

गोरखा। बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सडक तथा पुल...

खुम्बुको दिङ्बुचेमा हिमपात, चिसो बढेसँगै पर्यटकलाई सतर्क रहन आग्रह

खुम्बुको दिङ्बुचेमा हिमपात, चिसो बढेसँगै पर्यटकलाई सतर्क रहन आग्रह

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित पर्यटकीय क्षेत्र दिङ्बुचेमा हिमपात...