धादिङ । जिल्ला प्रशासन कार्यालय धादिङले पृथ्वी राजमार्ग भएर सञ्चालन हुने सम्पूर्ण सवारी साधनको आवागमनमा आज बेलुका ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ।
प्रशासनले सडक तथा यातायात सुरक्षालाई ध्यानमा राख्दै उक्त अवधिमा पृथ्वी राजमार्गमा कुनै पनि सवारी साधन सञ्चालन नगर्न आग्रह गरेको छ।
यस निर्णयसँगै आज राति यात्रा गर्ने यात्रु तथा चालकलाई निर्धारित समयअघि नै आफ्नो यात्रा व्यवस्थापन गर्न प्रशासनले अनुरोध गरेको छ।
सम्बन्धित सबै यात्रु, चालक तथा यातायात व्यवसायीलाई प्रशासनको सूचनाअनुसार यात्रा व्यवस्थापन गर्न आग्रह गरिएको छ।
वि.सं.२०८३ असोज ८ बिहीवार १६:१६ मा प्रकाशित

















