back
Close [x]

कांग्रेस महाधिवेशन : बन्दसत्र सकियो, उम्मेदवारी दर्तामा बढ्यो चहलपहल

तेस्रो दिनको बन्दसत्रमा राजनीतिक, संगठनात्मक र आर्थिक प्रतिवेदनमाथि छलफल; सभापतिदेखि सहमहामन्त्रीसम्म उम्मेदवारी दर्ता तीव्र

वि.सं.२०८३ असोज २० मंगलवार

3 

shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको छ । बन्दसत्रको बाँकी छलफल बुधबार पुनः हुने भएको छ ।

मंगलबारको बन्दसत्रमा सभापति गगनकुमार थापाले प्रस्तुत गरेको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’सम्बन्धी राजनीतिक प्रस्ताव, उपसभापति विश्वप्रकाश शर्माको ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’सम्बन्धी समसामयिक प्रस्ताव, महामन्त्री गुरुराज घिमिरेको संगठनसम्बन्धी प्रतिवेदन तथा कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनमाथि महाधिवेशन प्रतिनिधिहरूले छलफल गरेका छन् ।

बन्दसत्रमा विभिन्न प्रदेश तथा भ्रातृ र शुभेच्छुक संस्थाबाट आएका प्रतिनिधिहरूले प्रस्ताव तथा प्रतिवेदनमाथि धारणा राखेका थिए । बाँकी छलफल बुधबार बिहान १०ः३० बजेबाट हुने जनाइएको छ । बुधबारको बन्दसत्रमा सभापति थापाले सम्बोधन गर्ने कार्यक्रमसमेत रहेको छ ।

नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता तीव्र

बन्दसत्रसँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ताले पनि गति लिएको छ । राष्ट्रिय सभागृहमा विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी रहँदा सभापतिदेखि सहमहामन्त्रीसम्मका आकांक्षीहरू मैदानमा देखिएका छन् ।

सभापतिमा श्यामकृष्ण खड्गीले उम्मेदवारी दर्ता गरेका छन् । सभापतिमा गगनकुमार थापा र किशोरसिंह राठौरले पनि प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन् ।

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश

नयाँ विधानअनुसार सिर्जना गरिएको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माले उम्मेदवारी दर्ता गरेका छन् । उनले वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।

उपसभापतिमा यी नाम

उपसभापतिमा खुला, महिला तथा समावेशी समूहबाट विभिन्न नेताहरूले उम्मेदवारी दिएका छन् ।

खुलातर्फ

  • चन्द्रमोहन यादव

  • सुरेन्द्रराज पाण्डे

  • मीनेन्द्र रिजाल

  • गोविन्द भट्टराई

  • देवराज चालिसे

  • मधुप्रसाद आचार्य

समावेशीतर्फ

  • विनोद चौधरी

  • फरमुल्लाह मन्सुर

  • जीवन परियार

महिलातर्फ

  • पुष्पा भुसाल

महामन्त्रीमा पनि प्रतिस्पर्धा

महामन्त्री पदमा खुला तथा महिला समूहबाट उम्मेदवारी परेको छ ।

खुलातर्फ

  • शंकर तिवारी

  • सुनिल शर्मा

  • नैनसिंह महर

  • प्रदीप पौडेल

  • गुरुराज घिमिरे

महिलातर्फ

  • डिला संग्रौला

  • रिता खनाल

  • महालक्ष्मी उपाध्याय ‘डिना’

सहमहामन्त्रीमा विभिन्न समूहबाट उम्मेदवारी

सहमहामन्त्री पदमा पनि विभिन्न क्लस्टरबाट उम्मेदवारी परेको छ ।

  • महिला: प्रतिमा गौतम

  • खुला: देवेन्द्रराज कँडेल, अजयबाबु शिवाकोटी

  • पिछडिएको क्षेत्र: जीवनबहादुर शाही, मीन भाम

  • खस–आर्य: रामहरि खतिवडा, मनोजमणि आचार्य, रमेश धमला, अजयबाबु शिवाकोटी, जगदिश्वरनरसिंह केसी

  • आदिवासी जनजाति: बहादुरसिंह लामा

  • थारू: तेजुलाल चौधरी

  • अल्पसंख्यक: आङगेलु शेर्पा

  • मुस्लिम: अब्दुल सत्तार

  • मधेशी: अभिषेकप्रताप शाह

उम्मेदवारी दर्ताको प्रक्रिया पूरा भएपछि निर्वाचन समितिले दाबी–विरोध तथा आवश्यक जाँचबुझपछि अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्नेछ ।

७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ । महाधिवेशनमा ७ हजार ११४ प्रतिनिधि सहभागी छन् ।

संशोधित विधानअनुसार कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ । यससँगै विभिन्न पदमा आकांक्षीहरूको संख्या बढेको छ ।

बुधबार बन्दसत्रको बाँकी छलफल सकिएपछि महाधिवेशन निर्वाचन प्रक्रियातर्फ थप केन्द्रित हुने देखिएको छ । उम्मेदवारी दर्ता, दाबी–विरोध तथा अन्तिम नामावली सार्वजनिक भएपछि नेतृत्वका लागि प्रतिस्पर्धाको तस्वीर थप स्पष्ट हुनेछ ।

वि.सं.२०८३ असोज २० मंगलवार १७:४७ मा प्रकाशित

कांग्रेस महाधिवेशन : कुन–कुन पदमा हुँदैछ निर्वाचन? यस्तो छ पूरा सूची

कांग्रेस महाधिवेशन : कुन–कुन पदमा हुँदैछ निर्वाचन? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका...

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन हुँदै, खुलामञ्चतर्फ नेता–कार्यकर्ताको ओइरो

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन हुँदै, खुलामञ्चतर्फ नेता–कार्यकर्ताको ओइरो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै...

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, आईपीयू महासभा भ्रमणबारे जानकारी

राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता, आईपीयू महासभा भ्रमणबारे जानकारी

१६ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद...

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि, पूर्वसभापतिको हैसियत र पदाधिकारी थप्ने विषयमा छलफल

कांग्रेसको १५औँ महाधिवेशन असोज १८ देखि, पूर्वसभापतिको हैसियत र पदाधिकारी थप्ने विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी असोज १८ गतेदेखि...

प्रतिनिधिसभाबाट तीन महत्वपूर्ण आर्थिक विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

प्रतिनिधिसभाबाट तीन महत्वपूर्ण आर्थिक विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं, असोज १५। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले आर्थिक क्षेत्रसँग सम्बन्धित...

धार्मिक संवेदनशीलताको विषयमा सरकारको सम्बोधन, सांसद खुश्बु ओलीले दिइन् धन्यवाद

धार्मिक संवेदनशीलताको विषयमा सरकारको सम्बोधन, सांसद खुश्बु ओलीले दिइन् धन्यवाद

काठमाडौं । राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजन (एनटीभी) बाट प्रसारित एउटा...