back
Close [x]

दसैंमा घर जाने यात्रुको अन्योल हट्यो, असोज २३ देखि खुल्दैछ बसको अग्रिम टिकट

सडकको अवस्थाले बढाएको चिन्ता

वि.सं.२०८३ असोज २१ बुधवार

72 

shares

काठमाडौं । दसैंका लागि लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने भएको छ । अग्रिम टिकट बुकिङको मिति तय भएसँगै दसैं मनाउन काठमाडौं उपत्यकाबाट घर जाने यात्रुको लामो समयदेखिको अन्योल हट्ने भएको छ ।

यातायात व्यवस्था विभागमा मंगलबार भएको सरोकारवाला निकायको बैठकले असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो । बैठकमा यातायात व्यवसायी, नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा सम्बन्धित सरकारी निकायका प्रतिनिधि सहभागी थिए ।

यसअघि टिकट बुकिङ खुल्ने मिति तय नहुँदा दसैंका लागि घर जाने यात्रुले यात्रा योजना बनाउन सकेका थिएनन् । विशेषगरी लामो दूरीका रुटमा जाने यात्रु अग्रिम टिकटको प्रतीक्षामा थिए ।

दसैंका बेला काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा यात्रु बाहिरिने भएकाले टिकट बुकिङ खुल्नेबित्तिकै लामो दूरीका रुटमा चाप बढ्ने अनुमान गरिएको छ । यस वर्ष दसैंका क्रममा १० लाखभन्दा बढी यात्रुले काठमाडौं उपत्यका छाड्ने अनुमान गरिएको छ ।

लामो दूरीका बसमा दुई चालक अनिवार्य

दसैंको यात्रालाई सुरक्षित बनाउन लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई जना चालक अनिवार्य गर्ने निर्णयसमेत गरिएको छ ।

यस्तै, यात्रुवाहक सवारीसाधनमा प्राथमिक उपचार सामग्री, अग्नि नियन्त्रण उपकरण तथा पिउने पानीको व्यवस्था गर्नुपर्ने भएको छ । टिकट काउन्टरमा कार्यरत कर्मचारीले परिचयपत्र र युनिफर्म लगाउनुपर्ने तथा यात्रुको नाम र सम्पर्क नम्बर अभिलेख राख्नुपर्ने व्यवस्था पनि गरिएको छ ।

चाडपर्वको समयमा तोकिएभन्दा बढी भाडा असुल गर्ने, टिकटमा कालोबजारी गर्ने तथा यात्रुसँग अनियमितता गर्नेविरुद्ध कारबाही गरिने सम्बन्धित निकायले जनाएको छ ।

सडकको अवस्थाले बढाएको चिन्ता

यस वर्षको दसैं यात्रा भने सडकको अवस्थाका कारण चुनौतीपूर्ण बन्न सक्ने देखिएको छ । वर्षा, बाढी र पहिरोका कारण विभिन्न राजमार्ग तथा सडकखण्डमा क्षति पुगेको छ ।

यातायात व्यवसायीहरूले सडकको अवस्था सुधार गरेर मात्रै अग्रिम टिकट बुकिङ खोल्नुपर्ने माग गर्दै आएका थिए । मुख्य राजमार्ग तथा जोखिमयुक्त सडकखण्डको मर्मत र व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिने प्रतिबद्धतापछि टिकट बुकिङ खोल्ने निर्णय भएको हो ।

यात्राको क्रममा सडक अवरोध वा दुर्घटना भए तत्काल सूचना आदानप्रदान गर्न आवश्यक संयन्त्रसमेत परिचालन गरिने भएको छ ।

हवाई टिकटमा भने चाप बढिसकेको छ

सार्वजनिक बसको अग्रिम टिकट बुकिङमा अन्योल भइरहेका बेला दसैंका लागि हवाई टिकटको माग भने बढिसकेको छ । काठमाडौं बाहिरिने यात्रुको चापका कारण दसैं आसपासका केही गन्तव्यका उडानमा टिकट बिक्री तीव्र भएको छ ।

अब असोज २३ गतेदेखि बसको अग्रिम टिकट बुकिङ खुलेसँगै दसैंमा घर फर्किने यात्रुले आफ्नो यात्रा मिति र गन्तव्यअनुसार टिकट लिन सक्नेछन् ।

वि.सं.२०८३ असोज २१ बुधवार १२:३० मा प्रकाशित

हरिबोधिनी एकादशीको पावन अवसरमा लड्केश्वर धाममा मुख्यमन्त्री किरण थापा, पूजाअर्चनासहित गरे दर्शन

हरिबोधिनी एकादशीको पावन अवसरमा लड्केश्वर धाममा मुख्यमन्त्री किरण थापा, पूजाअर्चनासहित गरे दर्शन

हरिबोधिनी एकादशीमा लड्केश्वर धाममा मुख्यमन्त्री किरण थापा, पूजाअर्चनासहित गरे दर्शन...

हरिबोधिनी एकादशीमा युवराज पारस शाहद्वारा लड्केश्वर धाममा विशेष पूजा–आराधना तथा दर्शन

हरिबोधिनी एकादशीमा युवराज पारस शाहद्वारा लड्केश्वर धाममा विशेष पूजा–आराधना तथा दर्शन

हरिबोधिनी एकादशीको पावन अवसरमा पूर्वयुवराज पारस शाहले कालाग्नि रुद्रपीठ लड्केश्वर...

हरिबोधिनी एकादशीमा लड्केश्वर धाममा विशिष्ट व्यक्तित्वको आगमन, मुख्यमन्त्रीदेखि पूर्वयुवराज पारस शाहसम्मले गरे दर्शन

हरिबोधिनी एकादशीमा लड्केश्वर धाममा विशिष्ट व्यक्तित्वको आगमन, मुख्यमन्त्रीदेखि पूर्वयुवराज पारस शाहसम्मले गरे दर्शन

काभ्रे । हरिबोधिनी एकादशीको पावन अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११, बल्थलीस्थित...

लड्केश्वरमा भोलि भव्य मेला, मुख्यमन्त्री र राजपरिवारका सदस्यकाे आगमन हुने, पनौतीभरि बिदा!

लड्केश्वरमा भोलि भव्य मेला, मुख्यमन्त्री र राजपरिवारका सदस्यकाे आगमन हुने, पनौतीभरि बिदा!

  काभ्रे । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–११ स्थित ऐतिहासिक तथा धार्मिक...

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी, मोदीसँग वार्ता प्रस्तावित

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको तयारी, मोदीसँग वार्ता प्रस्तावित

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा...