back
Close [x]

दबाब र प्रभावमा नपरी काम गर्न प्रहरी निरीक्षकलाई प्रधानमन्त्रीको निर्देशन

वि.सं.२०८३ असोज २६ सोमवार

6 

shares

काठमाडौं, असोज २६ । प्रधानमन्त्री बालेन्द्र शाहले प्रहरी निरीक्षकहरूलाई कुनै पनि अनुचित दबाब र प्रभावबाट मुक्त रहेर इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।

आज सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नैतिकता, निष्ठा, अनुशासन र जवाफदेहितालाई प्रहरी सेवाको प्रमुख आधार बनाउन आग्रह गरेका हुन्।

उनले बदलिँदो अपराधको स्वरूपलाई ध्यानमा राख्दै अनुसन्धानलाई निष्पक्ष, वैज्ञानिक र प्रमाणमा आधारित बनाउन सूचना प्रविधिको प्रभावकारी प्रयोग आवश्यक रहेको बताए।

प्रधानमन्त्री शाहले शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने र नागरिकको जीउधनको रक्षा गर्ने जिम्मेवारी निर्वाह गर्दा व्यक्तिगत स्वार्थभन्दा कर्तव्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। साथै, प्रहरीको कामबाट आम नागरिकले सुरक्षा र न्यायको अनुभूति गर्न सक्ने वातावरण बनाउन पनि आग्रह गरे।

 

वि.सं.२०८३ असोज २६ सोमवार १४:०८ मा प्रकाशित

हिमपातले लिमी–हिल्सा सडक अवरुद्ध, साढे तीन फिटसम्म हिउँ जम्यो

हिमपातले लिमी–हिल्सा सडक अवरुद्ध, साढे तीन फिटसम्म हिउँ जम्यो

हुम्ला । हिमपातका कारण हुम्लाको उत्तरी क्षेत्रमा पर्ने लिमी–हिल्सा सडक...

नेपाल प्रहरीले दिए यस्तो महत्वपूर्ण सुरक्षा सुझावः यी सावधानी अपनाउन आग्रह

नेपाल प्रहरीले दिए यस्तो महत्वपूर्ण सुरक्षा सुझावः यी सावधानी अपनाउन आग्रह

काठमाडौं । नेपाल प्रहरीले नागरिकलाई अपराधको जोखिमबाट जोगिन तथा सम्भावित...