काठमाडौं। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीको नियुक्ति आज बुधबारदेखि लागू भएको छ। मन्त्रिपरिषद्को निर्णयसँगै केसीले नेपाल प्रहरीको नेतृत्व सम्हाल्ने भएका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई प्रहरी नियमावली, २०७१ को नियम ४१ बमोजिम महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो। उनी यसअघि नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुखका रूपमा कार्यरत थिए।
सरकारले यसअघिका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई कारबाही नगरिएको, जिम्मेवारी मात्र फेरबदल गरिएको बताएका छन्।
केसी नेपाल प्रहरीको ३४औँ महानिरीक्षक बनेका छन्। उनको नियुक्तिसँगै प्रहरी संगठनको नेतृत्व परिवर्तन भएको छ।
वि.सं.२०८३ कात्तिक १८ बुधवार १६:०७ मा प्रकाशित













