दोस्रो शंखमूल श्रावणी महोत्सव २०८३ भव्य रुपमा संचालन
चतुर्मास अनुष्ठान अन्तर्गत ‘दोस्रो शंखमूल श्रावणी महोत्सव’ २०८३ आयोजना भइरहेको छ ।
ॐकार टेलिभिजन ,ॐकार फाउण्डेसनको संयुक्त आयोजना तथा दोभान विकास समितिको सहकार्यमा साउन महिनाको हरिशयनी एकादशीका दिन देखि सुरु भएको हो । दोस्रो शंखमूल श्रावणी महोत्सव २०८३ जनै पूर्णिमाका दिन सम्म हुने छ । शंखमुल त्रिवेणी धाम शास्त्रीय मान्यताले अत्यन्तै महत्वपूर्ण रहेको हुनाले तर्थिको उजागर गरी विश्वमा चिनाउने हेतुले श्रावणी महोत्सव आयोजना भइरहेको कालाग्नि रुद्रपिठ लड्कश्वर धामका पीठाधीशज्यूले जानकारी दिनु भयो ।
दैनिक भगवान ॐकारेश्वर महादेवको रुद्राभिषेक एवं १००८ बेलपत्र अर्पण,दिउँसो ३ः३० देखि श्री कृष्ण झुला, भजन किर्तन एवं साँझ संध्या गंगा आरती पवित्र नदी किनारमा नियमित रुपमा भइरहेको छ । यसका साथै महोत्सवमा नेपाल महात्मय प्रवचन भइरहेको छ ।
यस महोत्सवले धार्मिक पर्यटन र सनातन संस्कृतिको प्रवद्र्धनमा ठूलो सहयोग पुर्याउने पिठाधीशज्यूको विश्वास रहेको छ ।
वि.सं.२०८३ साउन २० बुधवार १६:३९ मा प्रकाशित













