back
Close [x]

नागपञ्चमीको पावन अवसर: नागस्थानमा भक्तजनको घुइँचाे, घर-घरमा नागको फोटो टाँसेर पूजा अर्चना

वि.सं.२०८३ भदौ १ सोमवार

78 

shares

नागपञ्चमीको पावन अवसर: नागस्थानमा भक्तजनको घुइँचाे ,घर-घरमा नागको फोटो टाँसेर पूजा अर्चना

​काठमाडौँ। आज श्रावण शुक्ल पञ्चमी अर्थात् सनातन धर्मावलम्बीहरूको महान् पर्व नागपञ्चमी। नेपालभर आजका दिन घरका मूल ढोकामा नागको चित्र टाँसेर, दूध, दुबो, कुश, र तिलसहित विधिपूर्वक नागको पूजा-अर्चना गरिँदै छ।

​नागलाई पानी र नागपञ्चमीलाई वर्षाको कारक मानिने भएकाले खेतबारीको रक्षा र चट्याङ, सर्प तथा अग्निभयबाट बच्नका लागि यो पूजाको ठूलो धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको छ।

​धार्मिक मान्यता र परम्परा

धार्मिक विश्वास अनुसार नागपञ्चमीका दिन घरको मूल ढोकामा नागको चित्र टाँस्नाले वर्षभरि घरमा सर्प, बिच्छी जस्ता विषालु जीवको डर हुँदैन भने चट्याङ परे पनि क्षति हुँदैन भन्ने जनविश्वास छ। आजका दिन नागथान तथा विभिन्न पवित्र नदी, ताल, र कुण्डहरूमा गएर नागको पूजा गर्ने परम्परा छ।

​काठमाडौँ उपत्यकाका मुख्य नागस्थानमा भक्तजनको भिड

आज बिहानैदेखि काठमाडौँ उपत्यकाका प्रसिद्ध नागदह, टौदह, नक्सालको नागपोखरी, र भक्तपुरको सिद्धपोखरीलगायत देशका विभिन्न नागस्थानहरूमा पूजाअर्चना गर्ने भक्तजनहरूको घुइँच लागेको छ। भक्तजनहरूले नागलाई दूध, गाईको घिउ, फूल, र अक्षता चढाएर सुख, शान्ति र समृद्धिको कामना गरिरहेका छन्।

वि.सं.२०८३ भदौ १ सोमवार ०६:२८ मा प्रकाशित

गोबरदेखि गोरुसम्म : प्रकृति, कृषि र श्रमप्रतिको सम्मानको पर्व

गोबरदेखि गोरुसम्म : प्रकृति, कृषि र श्रमप्रतिको सम्मानको पर्व

सम्पादकीय । नेपालकाे मौलिक संस्कृति, कृषि सभ्यता र प्रकृतिप्रतिको सम्मानलाई झल्काउने...

गाईको पूजा मात्र होइन, संरक्षण र सम्मान पनि गरौँ

गाईको पूजा मात्र होइन, संरक्षण र सम्मान पनि गरौँ

लक्ष्मीको प्रतीक मानेर गाईको पूजा गर्ने, तर सडकमा अलपत्र छाड्ने...

ममता काफ्ले हत्या प्रकरण : श्रीमतीको शव टुक्र्याएको नरेश भट्टद्वारा अदालतमा स्वीकार

ममता काफ्ले हत्या प्रकरण : श्रीमतीको शव टुक्र्याएको नरेश भट्टद्वारा अदालतमा स्वीकार

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्लेको हत्या...

छठ पर्वमा छुट्टै घाट नबनाउन मन्त्रालयको अपिल

छठ पर्वमा छुट्टै घाट नबनाउन मन्त्रालयको अपिल

काठमाडौं। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा...

प्रधानमन्त्री बालेनका सुरक्षा सल्लाहकार कार्की सरकारविरुद्ध सर्वोच्च अदालतमा, मागे पुनर्बहाली

प्रधानमन्त्री बालेनका सुरक्षा सल्लाहकार कार्की सरकारविरुद्ध सर्वोच्च अदालतमा, मागे पुनर्बहाली

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का विशेष सुरक्षा सल्लाहकारमा नियुक्त...

तिहार किन मनाइन्छ ? जान्नुहोस् उज्यालोको पर्वको इतिहास, धार्मिक मान्यता र सांस्कृतिक महत्त्व

तिहार किन मनाइन्छ ? जान्नुहोस् उज्यालोको पर्वको इतिहास, धार्मिक मान्यता र सांस्कृतिक महत्त्व

काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा घरआँगन सजाउने,...