back
Close [x]

​दोस्रो शङ्खमूल श्रावणी महोत्सव तथा चतुर्मास अनुष्ठान भव्यताका साथ सञ्चालनमा

​धार्मिक जागरण र राष्ट्रिय चिन्तनका साथ शङ्खमूलमा भव्य चतुर्मास अनुष्ठान

वि.सं.२०८३ भदौ १ सोमवार

9 

shares

​काठमाडौँ/ललितपुर — ॐकार टेलिभिजन र ॐकार फाउन्डेसनको आयोजना तथा दोभान विकास समितिको सहकार्यमा चतुर्मास अनुष्ठान अन्तर्गत “दोस्रो शङ्खमूल श्रावणी महोत्सव” हरिशयनी एकादशीदेखि भव्य रूपमा सञ्चालन भइरहेको छ।

​विश्वकै एक मात्र १०८ फिट अग्लो त्रिशुल रहेको कालाग्निरुद्रपीठ लड्केश्वर धामको विशेष निशानिसहित सञ्चालित यस अनुष्ठानमा “नेपाल माहात्म्य प्रवचन तथा राष्ट्रिय कोटिहोम सङ्कल्प यात्रा” समेत मुख्य आकर्षणका रूपमा रहेका छन्। “ॐकारले जहाँ टेक्छ, त्यस क्षेत्रलाई विश्वले देख्छ” भन्ने मूल नाराका साथ अघि बढेको यो महोत्सव धार्मिक, सांस्कृतिक र राष्ट्रिय चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको हो।

​महोत्सवका मुख्य आकर्षणहरू:

  • ​लड्केश्वर निशानी दर्शन: कालाग्निरुद्रपीठको पवित्र निशानिको दर्शन तथा पूजा-अर्चना।
  • ​श्रीकृष्ण झूलन महोत्सव: धार्मिक विधिअनुसार श्रीकृष्ण झूलनको भक्तिमय वातावरण।
  • ​ॐ कारेश्वर रुद्राभिषेक तथा त्रिवेणी गङ्गा आरती: प्रत्येक दिन विशेष रुद्राभिषेक र शङ्खमूल स्थित त्रिवेणीमा भव्य आरती।
  • ​राष्ट्रिय चिन्तन तथा नेपाल माहात्म्य प्रवचन: धर्म, संस्कृति र राष्ट्रियताको हितका लागि विभिन्न आध्यात्मिक गुरुहरूद्वारा राष्ट्रिय चिन्तन।
  • ​कोटिहोम धर्मरथ दर्शन: राष्ट्रिय कोटिहोम सङ्कल्प यात्राअन्तर्गत कोटिहोम धर्मरथको दर्शन गर्ने व्यवस्था।

​

हरिशयनी एकादशीबाट सुरु भएको यो अनुष्ठानमा सहभागी भई शिव-विष्णु आराधना, गंगा आरती तथा आध्यात्मिक लाभ लिनका लागि आयोजक (ॐकार टेलिभिजन र ॐकार फाउन्डेसन) ले सम्पूर्ण भक्तजन, श्रद्धालु तथा धर्मप्रेमी महानुभावहरूमा हार्दिक निमन्त्रणा तथा आह्वान गरेको छ।

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३१ मा प्रकाशित

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने...

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रचोकमा अवस्थित आकाश भैरवनाथ काठमाडौं उपत्यकाको...

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्ला — पछिल्लो करिब एक महिनाको अवधिमा हुम्लाबाट २ करोड...

महालक्ष्मीको १६ दिने व्रत किन बसिन्छ ? कसले बस्ने र के छ शास्त्रीय मान्यता ?

महालक्ष्मीको १६ दिने व्रत किन बसिन्छ ? कसले बस्ने र के छ शास्त्रीय मान्यता ?

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूमा धन–धान्य, ऐश्वर्य, सुख–शान्ति तथा समृद्धिकी...

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रे । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कार्पियो जिप दुर्घटनामा पर्दा...