काठमाडौं ।मानवीय सेवामा नेपाली सेना बाढीको विपद्का बीच नेपाली सेनाका जवानहरूले जोखिम मोलेर नागरिकको उद्धार गरिरहेका छन्। काखमा शिशु बोकेका आमा, सुत्केरी महिला, बालबालिका तथा समस्यामा परेका नागरिकलाई सुरक्षित स्थानमा पुर्याइरहेका दृश्यले विपद्का बेला सुरक्षा निकायको मानवीय भूमिकालाई समेत उजागर गरेको छ।
विपद्को समयमा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय उद्धारकर्मीप्रति प्रभावित नागरिकले आभार व्यक्त गरेका छन्।
“रसुवा र नुवाकोटमा केही दिनअघि आएको भीषण बाढीपछि उद्धार कार्य तीव्र पारिएको छ। भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण विभिन्न बस्ती प्रभावित बनेका छन्। सडक तथा पुलमा क्षति पुगेपछि कतिपय स्थानमा स्थलमार्गबाट उद्धार गर्न कठिनाइ भएपछि नेपाली सेनाले हेलिकप्टर तथा स्थलमार्गबाट उद्धार अभियान सञ्चालन गरिरहेको छ।
जोखिममा परेका सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई प्राथमिकतामा राख्दै सेनाका जवानहरूले सुरक्षित स्थानमा सारिरहेका छन्। काखमा शिशु बोकेका आमा तथा समस्यामा परेका नागरिकलाई सेनाका जवानहरूले उद्धार गरिरहेका मार्मिक दृश्यहरू सार्वजनिक भएका छन्।

बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त खोज तथा उद्धार अभियान जारी छ। घाइतेको उपचार, राहत वितरण तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई समेत निरन्तरता दिइएको छ।”

वि.सं.२०८३ भदौ १३ शनिवार ०८:३० मा प्रकाशित











