काठमाडौं । बाढीपछि नेपाली सेनाले जोखिममा परेका सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा बिरामीलाई सुरक्षित स्थानमा सार्न विशेष प्राथमिकता दिएको छ। सेनाका जवानहरूले कतिपय स्थानमा बालबालिकालाई काखमा बोकेर तथा महिलालाई सहारा दिँदै सुरक्षित स्थानसम्म पुर्याएका दृश्यहरू सार्वजनिक भएका छन्।

हेलिकप्टरमार्फत उद्धार गरिएका नागरिकलाई सुरक्षित स्थानमा ल्याउने, आवश्यक परे अस्पताल पठाउने तथा प्रभावित क्षेत्रमा स्वास्थ्य टोली परिचालन गर्ने कामसमेत भइरहेको छ। नुवाकोटमा उद्धार गरिएका घाइते तथा प्रभावितका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका स्वास्थ्यकर्मीसमेत परिचालन गरिएको सरकारी विवरणमा उल्लेख छ।
वि.सं.२०८३ भदौ १३ शनिवार ०८:३९ मा प्रकाशित











