असोज । काठमाडौंमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा बुधबार देखि औपचारिक रूपमा सुरु भएको छ।
इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ।
परम्परागत बाजागाजासहित धार्मिक विधिअनुसार पूजा तथा अन्य संस्कार सम्पन्न गरेर लिङ्गो ठड्याइएको हो।
लिङ्गो उठाएसँगै इन्द्रजात्राका विभिन्न कार्यक्रम औपचारिक रूपमा अघि बढ्ने परम्परा छ।
वि.सं.२०८३ असोज ८ बिहीवार ०५:३६ मा प्रकाशित

















