back
Close [x]

भारी वर्षाको जोखिम: विद्यालय विदा दिन र तोकिएका परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन

वि.सं.२०८३ असोज ८ बिहीवार

9 

shares

​काठमाडौँ। जल तथा मौसम विज्ञान विभागका अनुसार असोज ९, १० र ११ गते नेपालका विभिन्न भू-भागमा भारी वर्षा हुने सम्भावना रहेको छ। सम्भावित बाढी र पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सबै विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राखेर पूर्वतयारी अपनाउन आग्रह गरेको छ।

​मन्त्रालयले स्थानीय तहहरूसँग समन्वय गरी असोज ८ र ९ गते आवश्यकतानुसार विद्यालयहरूमा विदा दिन अनुरोध गरेको छ। यसका साथै असोज ९ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने गरी तोकिएका सम्पूर्ण विश्वविद्यालय तथा परीक्षा सञ्चालन गर्ने निकायहरूलाई परिस्थितिको मूल्याङ्कन गरी आवश्यकतानुसार परीक्षा कार्यक्रमहरू स्थगित गर्न निर्देशन दिइएको छ।

​विपदका बेला सुरक्षित रहेका विद्यालय भवनहरूलाई आवश्यकता परेमा अस्थायी आश्रयस्थलको रूपमा प्रयोग गर्न दिने व्यवस्था मिलाउन पनि मन्त्रालयले सबै सरोकारवालालाई सूचित गरेको छ।

​यसैगरी, मन्त्रालयले सम्भावित दुर्घटनाबाट जोगाउन अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका खतरायुक्त स्थानमा जान नदिन र उच्च सतर्कता अपनाउन विशेष अपिल गरेको छ।

वि.सं.२०८३ असोज ८ बिहीवार ११:४५ मा प्रकाशित

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने...

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रचोकमा अवस्थित आकाश भैरवनाथ काठमाडौं उपत्यकाको...

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्ला — पछिल्लो करिब एक महिनाको अवधिमा हुम्लाबाट २ करोड...

महालक्ष्मीको १६ दिने व्रत किन बसिन्छ ? कसले बस्ने र के छ शास्त्रीय मान्यता ?

महालक्ष्मीको १६ दिने व्रत किन बसिन्छ ? कसले बस्ने र के छ शास्त्रीय मान्यता ?

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूमा धन–धान्य, ऐश्वर्य, सुख–शान्ति तथा समृद्धिकी...

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रे । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कार्पियो जिप दुर्घटनामा पर्दा...