back
Close [x]

डोल्पामा सीता एयरको जहाज दुर्घटना

अवतरणकै क्रममा पछाडिको पाङ्ग्रा खुस्किएर जहाज उछिट्टियो, सबै सकुशल

वि.सं.२०८३ असोज ८ बिहीवार

3 

shares

डोल्पा । डोल्पाको जुफाल विमानस्थलमा बिहीबार बिहान सीता एयरको जहाज अवतरण गर्ने क्रममा दुर्घटनामा परेको छ। नेपालगञ्जबाट जुफालतर्फ उडेको सीता एयरको ९एन–एजेएच कलसाइनको जहाज बिहान करिब ८ः२५ बजे अवतरणका क्रममा रनवेमा समस्या आएको हो।

अवतरणका क्रममा जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएपछि जहाज केही परसम्म उछिट्टिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। घटनापछि पाइलटले तत्काल इन्जिन बन्द गरेका थिए।

जहाजमा १३ जना यात्रु र तीन जना चालक दलका सदस्य गरी १६ जना सवार रहेको र सबै सकुशल रहेको अधिकारीहरूले बताएका छन्। यात्रुमध्ये सात जना विदेशी नागरिक रहेका थिए। घटनामा मानवीय क्षति भएको छ ।

घटनापछि जहाज रनवेमै रोकिएको छ। प्राविधिक टोलीले जहाजको अवस्था जाँच गरिरहेको छ। जहाज रनवेमा रहेकाले जुफाल विमानस्थलको उडान सेवा केही समय प्रभावित भएको र नजिकिँदै गरेको नेपाली सेनाको विमानसमेत फर्किनुपरेको अधिकारीहरूले बताएका छन्।

घटनाको कारणबारे थप प्राविधिक जाँच भइरहेको छ। प्रारम्भिक विवरणअनुसार जहाजमा ठूलो संरचनात्मक क्षति वा मानवीय क्षति भएको छैन ।

वि.सं.२०८३ असोज ८ बिहीवार १३:३० मा प्रकाशित

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने...

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रचोकमा अवस्थित आकाश भैरवनाथ काठमाडौं उपत्यकाको...

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्लाबाट पछिल्लो एक महिनामा २ करोड ७० लाखभन्दा बढीको स्याउ बिक्री

हुम्ला — पछिल्लो करिब एक महिनाको अवधिमा हुम्लाबाट २ करोड...

महालक्ष्मीको १६ दिने व्रत किन बसिन्छ ? कसले बस्ने र के छ शास्त्रीय मान्यता ?

महालक्ष्मीको १६ दिने व्रत किन बसिन्छ ? कसले बस्ने र के छ शास्त्रीय मान्यता ?

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीहरूमा धन–धान्य, ऐश्वर्य, सुख–शान्ति तथा समृद्धिकी...

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रेमा स्कार्पियो दुर्घटना, ८ जना घाइते

काभ्रे । काभ्रेपलाञ्चोकबाट रामेछापतर्फ जाँदै गरेको स्कार्पियो जिप दुर्घटनामा पर्दा...