back
Close [x]

प्रतिनिधिसभाबाट तीन महत्वपूर्ण आर्थिक विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

वि.सं.२०८३ असोज १५ बिहीवार

9 

shares

काठमाडौं, असोज १५। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकले आर्थिक क्षेत्रसँग सम्बन्धित तीन महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैठकमा ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’, ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ लाई सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गरेका थिए।

सभामुखले प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्दा उपस्थित सांसदहरूबाट विरोध नभएपछि तीनवटै प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएका हुन्। अब यी विधेयक सम्बन्धित संसदीय समितिमा पुगेर दफावार अध्ययन तथा छलफलको प्रक्रियामा जानेछन्।

यसै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ पनि प्रतिनिधिसभामा पेस गरेकी थिइन्।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि ढकालले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पनि सदनमा पेस गरेका थिए।

वि.सं.२०८३ असोज १५ बिहीवार १९:२९ मा प्रकाशित

धार्मिक संवेदनशीलताको विषयमा सरकारको सम्बोधन, सांसद खुश्बु ओलीले दिइन् धन्यवाद

धार्मिक संवेदनशीलताको विषयमा सरकारको सम्बोधन, सांसद खुश्बु ओलीले दिइन् धन्यवाद

काठमाडौं । राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजन (एनटीभी) बाट प्रसारित एउटा...

यूएनमा प्रधानमन्त्री शाहको सम्बोधनले विश्वमञ्चमा नेपालको कूटनीतिक प्रभाव बढायो : परराष्ट्रमन्त्री खनाल

यूएनमा प्रधानमन्त्री शाहको सम्बोधनले विश्वमञ्चमा नेपालको कूटनीतिक प्रभाव बढायो : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री...

यूएन महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले के भने ? भोटेकोशी बाढीदेखि जलवायु न्यायसम्म नेपालको आवाज

यूएन महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले के भने ? भोटेकोशी बाढीदेखि जलवायु न्यायसम्म नेपालको आवाज

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय...