back
Close [x]

देउखुरी क्रिकेट रङ्गशालामा मन्त्री पोखरेल, अभ्यासरत युवासँग खेले क्रिकेट

वि.सं.२०८३ असोज १८ आइतवार

6 

shares

दाङ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दाङको देउखुरीमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको स्थलगत निरीक्षण गरेका छन्।

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितासम्बन्धी कार्यक्रममा सहभागी हुन सुर्खेततर्फ जाने क्रममा मन्त्री पोखरेल आइतबार देउखुरी पुगेका हुन्। उनले रङ्गशालाको अवस्था तथा त्यहाँ भइरहेको खेल गतिविधिबारे जानकारी लिएका थिए।

रङ्गशालामा क्रिकेट अभ्यास गरिरहेका युवाहरूसँग भेटेका मन्त्री पोखरेलले उनीहरूसँग खेलकुदका विषयमा कुराकानीसमेत गरे। त्यसक्रममा उनले अभ्यासरत युवाहरूसँग केही समय क्रिकेट खेलेका थिए।

मन्त्री पोखरेलको निरीक्षणका क्रममा रङ्गशालामा भइरहेको अभ्यास, खेलाडीको गतिविधि तथा खेलकुद पूर्वाधारको अवस्थाबारे जानकारी लिइएको जनाइएको छ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी भइरहेका बेला मन्त्रीको देउखुरी क्रिकेट रङ्गशाला भ्रमण भएको हो।

वि.सं.२०८३ असोज १८ आइतवार १३:०४ मा प्रकाशित

चिनी ठानेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

चिनी ठानेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

हेटौँडा । मकवानपुरको मनहरीमा अमिलो साँधेर खाने क्रममा चिनीको सट्टा...

रुपन्देहीमा पेस्तोल पड्किँदा युवक घाइते, तीन जना प्रहरी नियन्त्रणमा

रुपन्देहीमा पेस्तोल पड्किँदा युवक घाइते, तीन जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलेको घटनामा एक युवक...

सुदूरपश्चिममा स्वास्थ्य बिमाको पहुँच विस्तार, ७ लाखभन्दा बढी नागरिक आबद्ध

सुदूरपश्चिममा स्वास्थ्य बिमाको पहुँच विस्तार, ७ लाखभन्दा बढी नागरिक आबद्ध

धनगढी । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा सेवाको दायरामा आउने नागरिकको...

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन हुँदै, खुलामञ्चतर्फ नेता–कार्यकर्ताको ओइरो

कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन हुँदै, खुलामञ्चतर्फ नेता–कार्यकर्ताको ओइरो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई लक्षित गर्दै...

राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का छाप्दै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का छाप्दै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो परिमाणमा एक रुपैयाँ दरका...

सुनको मूल्यमा गिरावट, प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्यो

सुनको मूल्यमा गिरावट, प्रतितोला २ हजार ९ सय रुपैयाँले घट्यो

काठमाडौं । आइतबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला २...