back
Close [x]

सुदूरपश्चिममा स्वास्थ्य बिमाको पहुँच विस्तार, ७ लाखभन्दा बढी नागरिक आबद्ध

वि.सं.२०८३ असोज १८ आइतवार

9 

shares

धनगढी । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा सेवाको दायरामा आउने नागरिकको संख्या ७ लाखभन्दा माथि पुगेको छ। स्वास्थ्य बिमा बोर्डको पछिल्लो विवरणअनुसार प्रदेशभर ७ लाख ३२ हजार ७५२ जना बिमा कार्यक्रममा जोडिएका छन्।

बोर्डको सुदूरपश्चिम प्रदेश कार्यालयले दिएको जानकारीअनुसार यो तथ्याङ्क गत भदौ मसान्तसम्मको हो। बिमा व्यवस्थापन सूचना प्रणालीमा राखिएको विवरणका आधारमा प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रमको अवस्था सार्वजनिक गरिएको हो।

जिल्लागत रूपमा हेर्दा कैलाली सबैभन्दा अगाडि देखिएको छ। कैलालीमा मात्रै ३ लाख ६१ हजार ९७९ नागरिक स्वास्थ्य बिमा योजनामा समावेश भएका छन्।

स्वास्थ्य बिमा बोर्डका सुदूरपश्चिम संयोजक जनकबहादुर साउदका अनुसार सूचना प्रणालीमा उपलब्ध विवरणले प्रदेशका विभिन्न जिल्लामा स्वास्थ्य बिमा कार्यक्रममा नागरिकको सहभागिता रहेको देखाएको छ।

स्वास्थ्य उपचारका क्रममा हुने आर्थिक भार कम गर्ने उद्देश्यले सञ्चालनमा रहेको स्वास्थ्य बिमा कार्यक्रममार्फत प्रदेशका ठूलो संख्याका नागरिक बिमा सुरक्षाको दायरामा आएका छन्।

वि.सं.२०८३ असोज १८ आइतवार १३:०९ मा प्रकाशित

चिनी ठानेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

चिनी ठानेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

हेटौँडा । मकवानपुरको मनहरीमा अमिलो साँधेर खाने क्रममा चिनीको सट्टा...