काठमाडौँ, असोज २१ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा पुनः वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो।
मूल्य बढेसँगै छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँ पुगेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँ मा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ मा कारोबार भइरहेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला ४ हजार ४१५ रुपैयाँ थियो।
यससँगै एकैदिन सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको हो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय तथा स्थानीय बजारको अवस्थाअनुसार सुनचाँदीको मूल्यमा निरन्तर उतारचढाव देखिँदै आएको छ।
स्रोत: नेपाल सुनचाँदी व्यवसायी महासङ्घ
वि.सं.२०८३ असोज २१ बुधवार १४:३४ मा प्रकाशित

















