back
Close [x]

घटस्थापनाको शुभ साइत बिहान ११:४७ बजे, असोज २५ देखि दसैँ सुरु हुँदै

वि.सं.२०८३ असोज २३ शुक्रवार

78 

shares

काठमाडौं । नेपालीहरूको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व बडादसैँको सुरुवात असोज २५ गते आइतबार घटस्थापनासँगै हुँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको २०८३ सालको बडादसैँसम्बन्धी विवरणअनुसार यस वर्ष घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको छ।

आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाबाट नौ दिनसम्म चल्ने नवरात्र सुरु हुन्छ। यस दिन घरघरमा कलश स्थापना गरी जौको जमरा राख्ने र दुर्गा भवानीको पूजा आराधना गर्ने परम्परा छ।

कलश स्थापना र जमराको धार्मिक महत्त्व

घटस्थापनाका दिन पूजा गर्ने स्थानलाई सफा गरी शुद्ध माटो वा बालुवामा जौ छरिन्छ। त्यसपछि विधिपूर्वक कलश स्थापना गरी देवी दुर्गाको आह्वान गरिन्छ। नवरात्रभरि बिहान र बेलुका पूजापाठ, मन्त्रजप, दुर्गासप्तशती पाठ तथा आरती गर्ने धार्मिक परम्परा छ।

जौबाट उम्रिएको जमरालाई शुभता, समृद्धि र मंगलको प्रतीक मानिन्छ। विजया दशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने चलन छ।

नौ दिन नवदुर्गाको पूजा

नवरात्रका नौ दिनमा दुर्गाका नौ स्वरूप शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको आराधना गरिन्छ। यस अवधिमा देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा विशेष पूजा र धार्मिक अनुष्ठान आयोजना गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको विवरणअनुसार यस वर्ष घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले सम्बन्धित धार्मिक विधिअनुसार शान्ति गर्नुपर्ने उल्लेख छ।

बडादसैँ धार्मिक आस्थासँगै पारिवारिक मिलन, सामाजिक सद्भाव र सांस्कृतिक एकताको पर्व पनि हो। घटस्थापनाबाट सुरु हुने नवरात्रको अनुष्ठान महानवमीसम्म जारी रहन्छ भने कात्तिक ४ गते बुधबार विजया दशमी मनाइनेछ।

 

वि.सं.२०८३ असोज २३ शुक्रवार २१:१७ मा प्रकाशित

‘कान्छी’देखि सडकका कुकुरसम्म : राजीव लामाको पशुप्रेमको कथा

‘कान्छी’देखि सडकका कुकुरसम्म : राजीव लामाको पशुप्रेमको कथा

काठमाडौं । मानिसको स्वभाव, आर्थिक अवस्था र सामाजिक हैसियत हेरेर...

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, काठमाडौंमा झरी

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, काठमाडौंमा झरी

काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले...

भोटेगण्डकीमा बाढीले क्षतिग्रस्त उत्तरगया धाम पुनःस्थापना गर्ने धर्मगुरुहरूको प्रतिबद्धता

भोटेगण्डकीमा बाढीले क्षतिग्रस्त उत्तरगया धाम पुनःस्थापना गर्ने धर्मगुरुहरूको प्रतिबद्धता

रसुवा । प्राकृतिक विपद्का कारण क्षतिग्रस्त बनेको रसुवा र नुवाकोटको...