back
Close [x]

चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम घट्यो

वि.सं.२०८३ कात्तिक १२ बिहीवार

3K 

shares

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएर न्यून चापीय प्रणालीमा परिणत भएपछि नेपालमा शक्तिशाली हावाहुरी चल्ने सम्भावना घटेको मौसमविद्हरूले बताएका छन्। यद्यपि, यसको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायमै छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवात कमजोर हुँदै गए पनि त्यसबाट उत्पन्न मौसमी प्रणालीले नेपालको मौसममा प्रभाव पार्न सक्छ। वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार चक्रवात शक्तिशाली अवस्थामा रहँदा अनुमान गरिएको जस्तो तीव्र हावाहुरीको सम्भावना अहिले कम देखिएको छ। तर, वर्षाको अवस्थाबारे सतर्क रहन आवश्यक छ।

महाशाखाले सार्वजनिक गरेको पूर्वानुमानबारे बिहीबार चक्रवात कमजोर भएर न्यून चापीय प्रणालीमा परिणत भए पनि बिहीबार दिउँसोदेखि वर्षा सुरु हुन सक्ने र बिहीबार राति तथा शुक्रबार केही स्थानमा भारी वर्षाको जोखिम रहन सक्छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा पनि वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिमसमेत रहन सक्छ।

चक्रवात कमजोर हुँदैमा त्यसको मौसमी प्रभाव तत्काल समाप्त नहुने भएकाले वर्षाको मात्रा र क्षेत्रफलमा परिवर्तन हुन सक्ने मौसमविद्हरूले बताएका छन्। सम्भावित वर्षाले सडक यातायात, हवाई उडान, कृषि कार्य तथा दैनिक जनजीवनमा असर पार्न सक्ने भएकाले मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न आग्रह गरिएको छ।

 

वि.सं.२०८३ कात्तिक १२ बिहीवार १४:३४ मा प्रकाशित

किसानको खेतमा निराशा, उपभोक्ताको भान्सामा महँगी

किसानको खेतमा निराशा, उपभोक्ताको भान्सामा महँगी

उत्पादन गर्ने हात र उपभोग गर्ने परिवार दुवै निराश छन्...

चक्रवातको प्रभावले बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, किसान र पर्यटकलाई सतर्क रहन आग्रह

चक्रवातको प्रभावले बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, किसान र पर्यटकलाई सतर्क रहन आग्रह

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवातीय प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका...

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच उच्च शिक्षा सहकार्यबारे छलफल

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच उच्च शिक्षा सहकार्यबारे छलफल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि...

फ्रान्समा हिंसात्मक प्रदर्शनपछि सुरक्षा कमजोरी स्वीकार्दै म्याक्रों, गृहमन्त्रीको राजीनामा अस्वीकार

फ्रान्समा हिंसात्मक प्रदर्शनपछि सुरक्षा कमजोरी स्वीकार्दै म्याक्रों, गृहमन्त्रीको राजीनामा अस्वीकार

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले देशभर फैलिएको हिंसात्मक प्रदर्शनका...

दसैँको रौनक गाउँतिर, सुनसान बन्यो काठमाडौं

दसैँको रौनक गाउँतिर, सुनसान बन्यो काठमाडौं

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँ मनाउन सर्वसाधारण गाउँघर फर्किएसँगै...

माटोले लिपिएका घर, मायाले भरिएका मन : कहाँ हरायो त्यो दसैँ?

माटोले लिपिएका घर, मायाले भरिएका मन : कहाँ हरायो त्यो दसैँ?

सम्पादकीय दसैँ आउँथ्यो, गाउँघरमा छुट्टै उमङ्ग छाउँथ्यो। घरआँगनमा खुसी पोखिन्थ्यो,...