back
Close [x]

खुम्बुको दिङ्बुचेमा हिमपात, चिसो बढेसँगै पर्यटकलाई सतर्क रहन आग्रह

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार

3K 

shares

सोलुखुम्बु। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित पर्यटकीय क्षेत्र दिङ्बुचेमा हिमपात भएको छ। मौसममा आएको अचानक परिवर्तनसँगै सगरमाथा क्षेत्रका उच्च हिमाली भूभागमा हिमपात सुरु भएको हो।

हिमपातपछि दिङ्बुचेका घर, बाटो तथा आसपासका डाँडाकाँडा हिउँले ढाकिएका छन्। हिमपातसँगै तापक्रम घट्दा स्थानीय बासिन्दाको जनजीवन प्रभावित बनेको छ भने उच्च हिमाली क्षेत्रमा रहेका पर्यटक तथा पदयात्रीलाई समेत कठिनाइ हुन सक्ने देखिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रतिकूल मौसमका कारण उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भए पनि त्यसको अवशेषले नेपालको मौसममा प्रभाव पारिरहेको छ। विभागले कात्तिक १३ देखि १५ गतेसम्म विभिन्न प्रदेशमा वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना औँल्याएको छ।

यसअघि पर्यटन विभागले पनि प्रतिकूल मौसमको सम्भावनालाई ध्यानमा राख्दै उच्च हिमाली क्षेत्रमा पदयात्रा तथा पर्वतारोहण नगर्न पर्यटक र आरोहीलाई आग्रह गरेको थियो। हिमपातका कारण पदमार्ग अवरुद्ध हुन सक्ने, दृश्यता कम हुने तथा उद्धार कार्य कठिन बन्न सक्ने जोखिमसमेत रहेको छ।

सगरमाथा क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य दिङ्बुचेमा भएको हिमपातले खुम्बु क्षेत्रको पर्यटन गतिविधिमा असर पार्न सक्ने देखिएको छ। मौसममा सुधार नआएसम्म पर्यटक, पदयात्री, पथप्रदर्शक तथा स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र आधिकारिक मौसम सूचना पछ्याउन आग्रह गरिएको छ।

मौसम प्रतिकूल रहेका बेला उच्च हिमाली क्षेत्रमा अनावश्यक यात्रा नगर्न र पदयात्रामा रहेका पर्यटकले स्थानीय प्रशासन तथा पर्यटन व्यवसायीको निर्देशन पालना गर्न आवश्यक देखिएको छ।

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १०:२४ मा प्रकाशित

बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सडक तथा पुल अवरुद्ध

बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सडक तथा पुल अवरुद्ध

गोरखा। बाढी र पहिरोका कारण विभिन्न जिल्लाका सडक तथा पुल...

🔴 LIVE | दोस्रो राष्ट्रिय कोटिहोम महायज्ञ सुरु हुन अब १०४ दिन बाँकी |  २०८३ कात्तिक १३ गते

🔴 LIVE | दोस्रो राष्ट्रिय कोटिहोम महायज्ञ सुरु हुन अब १०४ दिन बाँकी | २०८३ कात्तिक १३ गते

दोस्रो राष्ट्रिय कोटिहोम महायज्ञको तयारी तथा जानकारीसम्बन्धी प्रत्यक्ष प्रसारण। महायज्ञका...

चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम घट्यो

चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम घट्यो

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएर न्यून...

किसानको खेतमा निराशा, उपभोक्ताको भान्सामा महँगी

किसानको खेतमा निराशा, उपभोक्ताको भान्सामा महँगी

उत्पादन गर्ने हात र उपभोग गर्ने परिवार दुवै निराश छन्...

चक्रवातको प्रभावले बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, किसान र पर्यटकलाई सतर्क रहन आग्रह

चक्रवातको प्रभावले बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, किसान र पर्यटकलाई सतर्क रहन आग्रह

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवातीय प्रणालीको प्रभावले बिहीबारदेखि नेपालका...

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच उच्च शिक्षा सहकार्यबारे छलफल

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच उच्च शिक्षा सहकार्यबारे छलफल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि...