काठमाडौं ।आगामी माघ शुक्ल पञ्चमीदेखि आयोजना गर्ने संकल्प गरिएको विश्वशान्ति राष्ट्रिय कोटिहोम २०८३ को तयारी अघि बढाइएको छ।
आगामी माघ शुक्ल पञ्चमीदेखि आयोजना गर्ने संकल्प गरिएको ‘विश्वशान्ति राष्ट्रिय कोटिहोम २०८३’ को तयारीका क्रममा ॐकार परिवारका तर्फबाट पशुपतिनाथ क्षेत्र विकास कोषमा पत्र बुझाइएको छ।
कोटिहोमका संकल्पकर्ता एवं कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईंको नेतृत्वमा मंगलबार पशुपतिनाथ क्षेत्र विकास कोषमा पत्र बुझाइएको हो।
कोटिहोमको संकल्पकर्ता ज्यूले यस अभियानमा गुरुजनको मार्गदर्शन, धार्मिक संघसंस्थाको सहयोग र सरोकारवाला निकायको सहकार्य महत्त्वपूर्ण हुने बताउनु भएकाे छ ।
वि.सं.२०८३ कात्तिक १८ बुधवार १०:५१ मा प्रकाशित














