back
Close [x]

बृहस्पति अतिचारी शान्तिको कामनासहित रुद्र साधनाका लागि कालाग्निरुद्रपीठका पीठाधीश गोसाइँकुण्ड प्रस्थान

वि.सं.२०८३ कात्तिक १८ बुधवार

333 

shares

काठमाडौं । बृहस्पति ग्रहको अतिचारी अवस्थासँग सम्बन्धित ज्योतिषीय मान्यताअनुसार सम्भावित नकारात्मक प्रभावको शान्ति तथा विश्वकल्याणको मंगलकामनासहित कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईं रुद्र आराधनाका लागि गोसाइँकुण्ड प्रस्थान गर्नु भएको छ ।

विश्वशान्ति राष्ट्रिय कोटिहोम २०८३ को संकल्पको सातौँ दिन कालाग्निरुद्रपीठ लड्केश्वर धामका पीठाधीश मुकुन्द शर्मा हुमागाईं आफ्ना माता, पिता र भाइका साथ आज हेलिकप्टरमार्फत रसुवास्थित पवित्र तीर्थस्थल गोसाइँकुण्ड प्रस्थान गर्नुभएको हो ।

 

आगामी माघ शुक्ल पञ्चमीदेखि आयोजना गर्ने संकल्प गरिएको ‘विश्वशान्ति राष्ट्रिय कोटिहोम २०८३’ को सातौँ दिन आज उहाले गोसाइँकुण्ड पुगेर भगवान् रुद्रको आराधना गर्ने बताउनु भएकाे हाे ।

उहाले सामाजिक सञ्जालमार्फत कालाग्निरुद्रपीठ लड्केश्वर बाबाको कृपा सबैमा रहोस् भन्ने कामनासहित श्रद्धालुहरूलाई आफ्नो गोत्र उल्लेख गर्नसमेत आग्रह गर्नु भएको छ ।

सनातन धर्ममा भगवान् रुद्रको आराधनालाई शान्ति, कल्याण र आध्यात्मिक साधनासँग जोडेर हेर्ने धार्मिक परम्परा छ। हुमागाईंको यो यात्रा पनि विश्वशान्ति, राष्ट्रकल्याण तथा आध्यात्मिक जागरणको संकल्पसँग जोडिएको छ।

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:०३ मा प्रकाशित

दोस्रो राष्ट्रिय कोटिहोम २०८३ माघ शुक्ल पक्षमा सञ्चालन हुने

दोस्रो राष्ट्रिय कोटिहोम २०८३ माघ शुक्ल पक्षमा सञ्चालन हुने

काठमाडौँ । भव्य धार्मिक तथा सांस्कृतिक महायज्ञ 'दोस्रो राष्ट्रिय कोटिहोम'...

कोटिहोमको रहस्य के हो? किन गरिन्छ यस्तो महायज्ञ, के भन्छन् शास्त्र?

कोटिहोमको रहस्य के हो? किन गरिन्छ यस्तो महायज्ञ, के भन्छन् शास्त्र?

काठमाडाैं।हिन्दू सनातन धर्ममा यज्ञ, हवन, पूजा, जप, तप र दानलाई...