back
Close [x]

‘पाँच पाण्डव’ विवादबारे हरिवंश आचार्यको स्पष्टीकरण, चलचित्र नहेरी धारणा नबनाउन आग्रह

वि.सं.२०८३ कात्तिक १८ बुधवार

303 

shares

काठमाडौं । नेपाली चलचित्र ‘पाँच पाण्डव’लाई लिएर पछिल्लो समय विभिन्न टीका–टिप्पणी तथा विवाद सार्वजनिक भइरहेका बेला वरिष्ठ कलाकार हरिवंश आचार्यले आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ।

आचार्यले चलचित्र प्रदर्शनमा आउनुअघि नै केही गीत, दृश्य तथा प्रचार सामग्रीका आधारमा समग्र चलचित्रबारे धारणा बनाउनु न्यायोचित नहुने बताउनुभएको छ।

उहाँका अनुसार ‘पाँच पाण्डव’ महाभारतको कथामा आधारित चलचित्र नभई समकालीन नेपाली समाजको कथावस्तुमा आधारित चलचित्र हो। चलचित्रमा महाभारतबाट एउटा सानो विम्ब मात्र ग्रहण गरिएको र केही पात्रका नाम कथाको सन्दर्भअनुसार प्रयोग गरिएको उहाँले स्पष्ट पार्नुभएको छ।

त्यस्तै, चलचित्रमा महाभारतकी द्रौपदीको चरित्र वा भूमिका समावेश नगरिएको पनि आचार्यले उल्लेख गर्नुभएको छ।

चलचित्रको पूर्ण कथावस्तु दर्शकसमक्ष प्रस्तुत हुन बाँकी नै रहेको अवस्थामा सीमित दृश्य वा प्रचार सामग्रीका आधारमा निष्कर्षमा पुग्नु उचित नहुने उहाँको भनाइ छ।

आचार्यले सम्पूर्ण दर्शक, शुभचिन्तक तथा सरोकारवालालाई चलचित्रको पूर्ण कथावस्तु र प्रस्तुति बुझेर मात्र आफ्नो धारणा व्यक्त गर्न आग्रह गर्नुभएको छ।

प्रदर्शनअघि नै चर्चामा आएको ‘पाँच पाण्डव’ले चलचित्र प्रदर्शनपछि दर्शकबाट कस्तो प्रतिक्रिया पाउने हो भन्ने चासो बढेको छ।

वि.सं.२०८३ कात्तिक १८ बुधवार ०९:४७ मा प्रकाशित

२०८३ सालको तिहारको साइत सार्वजनिक, भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे

२०८३ सालको तिहारको साइत सार्वजनिक, भाइटीकाको शुभसाइत कात्तिक २५ गते बिहान ११:०७ बजे

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८३ सालको...

योगी नरहरिनाथको विरासतलाई प्राज्ञिक अनुसन्धानसँग जोड्दै संस्कृत विश्वविद्यालय

योगी नरहरिनाथको विरासतलाई प्राज्ञिक अनुसन्धानसँग जोड्दै संस्कृत विश्वविद्यालय

काठमाडौं। नेपाल संस्कृत विश्वविद्यालयले राष्ट्रगुरु योगी नरहरिनाथको नाममा ‘राष्ट्रगुरु योगी...

भाेलि रमा एकादशीकाे व्रत बस्दै हुनुहुन्छ ? जान्नुहोस् यी महत्त्वपूर्ण नियम

भाेलि रमा एकादशीकाे व्रत बस्दै हुनुहुन्छ ? जान्नुहोस् यी महत्त्वपूर्ण नियम

काठमाडौं । हिन्दू धर्मशास्त्रअनुसार कार्तिक कृष्ण पक्षमा पर्ने रमा एकादशीलाई...

आजदेखि सरकारी कार्यालयको समय परिवर्तन, ४ बजेसम्म मात्रै सेवा

आजदेखि सरकारी कार्यालयको समय परिवर्तन, ४ बजेसम्म मात्रै सेवा

काठमाडौं । आज (सोमबार) कात्तिक १६ गतेदेखि देशभरका सरकारी कार्यालयको...

आज राधाष्टमी व्रत : श्रीराधाको भक्ति, प्रेम र समर्पणको स्मरण गरिँदै

आज राधाष्टमी व्रत : श्रीराधाको भक्ति, प्रेम र समर्पणको स्मरण गरिँदै

काठमाडौं ।  आज सोमबार राधाष्टमी व्रत तथा गोरखकाली पूजा मनाइँदैछ।...

मनोरञ्जनका नाममा धर्म र संस्कृतिको उपहास कहिलेसम्म?

मनोरञ्जनका नाममा धर्म र संस्कृतिको उपहास कहिलेसम्म?

सम्कपादकीय । कला र मनोरञ्जन समाजको ऐना हुन्। कलाकारले समाजका...