back
Close [x]

धार्मिक संवेदनशीलताको विषयमा सरकारको सम्बोधन, सांसद खुश्बु ओलीले दिइन् धन्यवाद

वि.सं.२०८३ असोज १५ बिहीवार

9 

shares

काठमाडौं । राष्ट्रिय टेलिभिजन नेपाल टेलिभिजन (एनटीभी) बाट प्रसारित एउटा कार्टुन सामग्रीलाई लिएर उठेको विवादमा सरकारले सम्बोधन गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद तथा प्रमुख सचेतक खुश्बु ओलीले सरकारप्रति धन्यवाद व्यक्त गरेकी छन्।

केही दिनअघि नेपाल टेलिभिजनबाट प्रसारित कार्टुन सामग्रीले इसाई धर्मान्तरणलाई प्रवर्द्धन गर्ने आशय दिएको भन्दै सांसद ओलीले संसद्मा प्रश्न उठाएकी थिइन्। उनले राष्ट्रिय टेलिभिजनबाट प्रसारण हुने सामग्रीको विषयमा राज्य र सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताएकी थिइन्।

ओलीले सार्वजनिक गरेको पछिल्लो वक्तव्यअनुसार सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले उक्त कार्टुन सामग्री हटाइएको र राष्ट्रिय टेलिभिजनजस्ता संस्थाबाट यस्ता सामग्री प्रसारण गर्न नहुने स्पष्ट पारेका छन्। त्यसपछि ओलीले मन्त्रालयले विषयलाई सम्बोधन गरेकोमा धन्यवाद दिएकी हुन्।

ओलीले सामग्री हटाइएको घटनालाई आफूले सनातनी परिवारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको बताएकी छन्। साथै, विवादित सामग्री प्रसारण गर्न प्रयोग भएको आर्थिक स्रोत तथा त्यसको पछाडि संलग्न पक्षबारे समेत जानकारी सार्वजनिक हुनुपर्ने धारणा उनले राखेकी छन्।

उनले आफ्नो प्रश्न यत्तिमै समाप्त नहुने बताउँदै नेपालको सामाजिक सद्भाव र सनातन सभ्यतामा असर पार्ने गतिविधि भए त्यसबारे सम्बन्धित पक्षलाई जवाफदेही बनाउनुपर्ने मागसमेत अघि सारेकी छन्।

यसअघि पनि सांसद ओलीले नेपालमा धार्मिक गतिविधि तथा धर्मान्तरणसँग जोडिएका विषय संसद् र सार्वजनिक मञ्चमा उठाउँदै आएकी छन्। गत भदौमा सार्वजनिक लेखा समितिको बैठकमा उनले नेपालमा आउने केही वैदेशिक सहायता धर्मान्तरण तथा नास्तिकता प्रवर्द्धनका गतिविधिमा प्रयोग भएको आरोप लगाउँदै त्यस्ता गतिविधिलाई नियमनको दायरामा ल्याउनुपर्ने धारणा राखेकी थिइन्।

हालको घटनामा भने नेपाल टेलिभिजनबाट प्रसारित सामग्री, त्यसप्रति सांसद ओलीले उठाएको प्रश्न र त्यसपछि सञ्चार मन्त्रालयबाट भएको सम्बोधन मुख्य विषय बनेको छ।

 

वि.सं.२०८३ असोज १५ बिहीवार १३:०२ मा प्रकाशित

यूएनमा प्रधानमन्त्री शाहको सम्बोधनले विश्वमञ्चमा नेपालको कूटनीतिक प्रभाव बढायो : परराष्ट्रमन्त्री खनाल

यूएनमा प्रधानमन्त्री शाहको सम्बोधनले विश्वमञ्चमा नेपालको कूटनीतिक प्रभाव बढायो : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री...

यूएन महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले के भने ? भोटेकोशी बाढीदेखि जलवायु न्यायसम्म नेपालको आवाज

यूएन महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले के भने ? भोटेकोशी बाढीदेखि जलवायु न्यायसम्म नेपालको आवाज

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय...