काठमाडौं । सरकारले संघीय निजामती सेवामा कार्यरत कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी नयाँ व्यवस्था प्रस्ताव गर्दै संघीय निजामती सेवा विधेयक, २०८३ संसदमा दर्ता गरेको छ।
प्रस्तावित विधेयकअनुसार निजामती कर्मचारीले ५५ वर्ष उमेर पूरा गरेमा वा ३० वर्ष सेवा अवधि पूरा गरेमा, जुन पहिले पूरा हुन्छ त्यसैका आधारमा अनिवार्य अवकाशमा जानुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सरकारले निजामती सेवामा उमेर तथा सेवा अवधिका आधारमा अवकाश व्यवस्थालाई व्यवस्थित गर्ने उद्देश्यले यस्तो प्रस्ताव अघि सारेको हो। विधेयक संसदमा दर्ता भएसँगै प्रस्तावित व्यवस्थामाथि प्रतिनिधिसभाको प्रक्रिया तथा छलफल अघि बढ्नेछ।
विधेयक पारित भई लागू भएमा हालको अवकाशसम्बन्धी व्यवस्थामा परिवर्तन आउनेछ। यद्यपि, यो व्यवस्था संसदबाट पारित भएर कानुन बनेपछि मात्र कार्यान्वयनमा आउनेछ।
श्रोत: संघीय निजामती सेवा विधेयक, २०८३ / नेपाल सरकार
वि.सं.२०८३ असोज १९ सोमवार ११:२३ मा प्रकाशित

















