back
Close [x]

चितवनमा खतिवडा परिवारको निवासमा कालाग्नि रुद्रपीठाधीश्वर महाराजसहित ॐकार टोलीको भव्य स्वागत

वि.सं.२०८३ मंसिर ११ शुक्रवार

309 

shares

चितवन, टाँडी। ‘दीप जलाऊँ, ॐकार चलाऊँ ११’ महाअभियानका कर्ता गोविन्दप्रसाद खतिवडाको वर्षौँदेखिको धार्मिक सेवा, समर्पण र एउटा विशेष सपना अहिले साकार भएको छ।

गोविन्दप्रसाद खतिवडा विगत लामो समयदेखि कालाग्नि रुद्रपीठ लड्केश्वर धाममा रहेर निरन्तर धार्मिक सेवा गर्दै आउनुभएको छ। धाममा आउने भक्तजनका लागि भोजनप्रसादीको व्यवस्था, पूजाआराधनाको व्यवस्थापन तथा अन्य आवश्यक सेवामा उहाँले निरन्तर योगदान दिँदै आउनुभएको छ। लड्केश्वर धाममै रहेर भक्तजनको सेवामा समर्पित उहाँको धार्मिक निष्ठा र योगदान उल्लेखनीय छ।

आफ्नो निवासमा ॐकार टेलिभिजन, ॐकार फाउण्डेशन तथा कालाग्नि रुद्रपीठका पीठाधीश्वर महाराजसहित गुरुजनलाई आमन्त्रण गरी धार्मिक अनुष्ठान आयोजना गर्ने उहाँको लामो समयदेखिको चाहना थियो। अन्ततः उक्त चाहना पूरा भएको छ।

सोही अवसरमा चितवनको टाँडीस्थित गोविन्दप्रसाद एवं श्रीमती धनकुमारी खतिवडाको निवासमा कालाग्नि रुद्रपीठका पीठाधीश्वर महाराजसहित ॐकार टेलिभिजन तथा ॐकार फाउण्डेशनको टोलीलाई भव्य स्वागत गरिएको छ।धर्मरथसहित कालाग्नि रुद्रपीठको पवित्र निशानी तथा दिव्य श्री यन्त्रसमेत खतिवडा परिवारको निवासमा पुर्‍याइएको छ। यस अवसरमा परिवारले अत्यन्त हर्ष र श्रद्धाका साथ गुरुजन तथा ॐकार टोलीको स्वागत गरेको छ।

खतिवडा परिवारको निवासमा सातदिने श्रीमद्भागवत सप्ताह आयोजना हुँदैछ। सप्ताहका लागि पीठाधीश्वर महाराजको बसाइ मंसिर १९ गतेसम्म रहनेछ।यस अवधिमा श्रद्धालु भक्तजनले कालाग्नि रुद्रपीठका पीठाधीश्वर महाराजको दर्शन, कालाग्नि रुद्रपीठको पवित्र निशानी तथा दिव्य श्री यन्त्रको दर्शन एवं पूजाआराधना गर्न सक्नुहुनेछ।

धार्मिक सेवा, समर्पण र श्रद्धाबाट सुरु भएको गोविन्दप्रसाद खतिवडाको वर्षौँदेखिको सपना पूरा भएको यो अवसर परिवारका लागि मात्र नभई ॐकार अभियानसँग जोडिएका श्रद्धालुहरूका लागि पनि विशेष बनेको छ।

 

वि.सं.२०८३ मंसिर ११ शुक्रवार १५:०५ मा प्रकाशित

गंगोत्री धामका रावल शिवप्रकाशजी महाराजको त्रिवेणी शक्तिपीठ शंखमूल दोभानमा आगमन (भिडियो)

गंगोत्री धामका रावल शिवप्रकाशजी महाराजको त्रिवेणी शक्तिपीठ शंखमूल दोभानमा आगमन (भिडियो)

कार्तिक शुक्ल पूर्णिमाको पावन अवसरमा २०८३ मंसिर ८ गते मंगलबार...

‘कान्छी’देखि सडकका कुकुरसम्म : राजीव लामाको पशुप्रेमको कथा

‘कान्छी’देखि सडकका कुकुरसम्म : राजीव लामाको पशुप्रेमको कथा

काठमाडौं । मानिसको स्वभाव, आर्थिक अवस्था र सामाजिक हैसियत हेरेर...

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, काठमाडौंमा झरी

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, काठमाडौंमा झरी

काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले...

भोटेगण्डकीमा बाढीले क्षतिग्रस्त उत्तरगया धाम पुनःस्थापना गर्ने धर्मगुरुहरूको प्रतिबद्धता

भोटेगण्डकीमा बाढीले क्षतिग्रस्त उत्तरगया धाम पुनःस्थापना गर्ने धर्मगुरुहरूको प्रतिबद्धता

रसुवा । प्राकृतिक विपद्का कारण क्षतिग्रस्त बनेको रसुवा र नुवाकोटको...