कार्तिक शुक्ल पूर्णिमाको पावन अवसरमा २०८३ मंसिर ८ गते मंगलबार भारतको उत्तराखण्डस्थित गंगोत्री धामबाट ल्याइएको पवित्र गंगाजलद्वारा भक्तपुरस्थित डोलेश्वर महादेवमा विधिपूर्वक जलाभिषेक गरिएको छ।
गंगोत्री धामका रावल शिवप्रकाशजी महाराजले श्री पशुपतिनाथको अभिषेकका लागि यस वर्ष एक हजार एक सय लिटर पवित्र गंगाजल नेपाल ल्याउनुभएको हो। विगत छ वर्षदेखि पशुपतिनाथसँगै डोलेश्वर महादेव र लड्केश्वर महादेवमा पनि गंगाजलद्वारा जलाभिषेक गर्ने धार्मिक परम्परालाई निरन्तरता दिइँदै आएको छ।
नेपाल–भारतबीचको ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्ध झल्काउने डोलेश्वर महादेवको गंगाजल अभिषेकको विशेष दृश्य प्रस्तुत भिडियोमा हेर्नुहोस्।
वि.सं.२०८३ मंसिर ११ शुक्रवार १५:२२ मा प्रकाशित

















