विश्वशान्ति, राष्ट्रको सुशासन, प्राकृतिक विपत्ति निवारण, ग्रहशान्ति तथा आध्यात्मिक पुनर्जागरणको पवित्र सङ्कल्पसहित ॐकार परिवार, ॐकार टेलिभिजन एवं ॐकार फाउण्डेशनको आयोजनामा २०८३ साल माघ शुक्ल पक्षमा विश्वशान्ति–राष्ट्रिय कोटिहोम २०८३ आयोजना हुँदैछ। यस महाअनुष्ठानमा सम्पूर्ण साधुसन्त, धर्मगुरु, वैदिक विद्वान् तथा श्रद्धालु भक्तजनलाई सहभागिताका लागि हार्दिक निमन्त्रणा गरिन्छ।

















