back
Close [x]

भोटेगण्डकी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणमा बागमती सरकारको अग्रसरता

भोटेगण्डकी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको तयारी मुख्यमन्त्री थापाको सबै पालिकालाई सहयोगको आग्रह

वि.सं.२०८३ असोज १६ शुक्रवार

6 

shares

असोज, चितवन । बागमती प्रदेश सरकारले भोटेगण्डकी तथा त्रिशूली नदी प्रणालीमा आएको बाढीबाट प्रभावित जिल्लामा पुनर्निर्माण तथा पुनर्स्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ।

प्रदेशका विभिन्न जिल्लामा बाढीका कारण जनधनसँगै सडक, खानेपानी, स्वास्थ्य पूर्वाधारलगायत भौतिक संरचनामा क्षति पुगेपछि पुनर्निर्माणतर्फ सरकार केन्द्रित भएको हो। मुख्यमन्त्री किरण थापामगरले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्स्थापनालाई प्रदेश सरकारको प्रमुख प्राथमिकतामा राखिएको बताएका छन्।

मुख्यमन्त्री थापामगरले यसअघि चितवनमा आयोजित स्थानीय तहसँगको समीक्षा कार्यक्रममा बागमती प्रदेशका १५ वटा पालिका बाढीबाट प्रभावित भएको जानकारी दिँदै प्रभावित क्षेत्रको पुनर्निर्माणमा सबै स्थानीय तहले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका थिए। उनका अनुसार प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि प्रदेशका अन्य पालिकासँग समेत सहकार्य र सहयोगको अपेक्षा गरिएको छ।

प्रभावित नागरिकलाई अस्थायी बसोबासको व्यवस्था मिलाएपछि क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण, खानेपानी, स्वास्थ्यचौकी तथा अस्पताललगायत संरचनाको पुनर्निर्माणमा तीनै तहका सरकारबीच समन्वय गरेर काम अघि बढाउने प्रदेश सरकारको तयारी छ।

बाढी तथा विपद्का कारण प्रभावित परिवारको पीडामा प्रदेश सरकार साथमा रहेको उल्लेख गर्दै मुख्यमन्त्री थापामगरले पुनर्निर्माणको अभियानमा स्थानीय तहको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।

प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणसँगै नागरिकको सुरक्षित बसोबास र जीविकोपार्जन पुनःस्थापनालाई समेत प्राथमिकतामा राख्ने जनाएको छ।

वि.सं.२०८३ असोज १६ शुक्रवार १७:१३ मा प्रकाशित

झापामा हात्तीको त्रास र सुकुमवासी समस्या समाधान गर्न सांसद रानाको माग

झापामा हात्तीको त्रास र सुकुमवासी समस्या समाधान गर्न सांसद रानाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना...

शुक्र अस्तका कारण दशैंका कर्म रोकिन्छन् त? शास्त्रीय मान्यता के छ?

शुक्र अस्तका कारण दशैंका कर्म रोकिन्छन् त? शास्त्रीय मान्यता के छ?

काठमाडौं । २०८३ सालमा असोज २८ गतेदेखि कार्तिक ११ गतेसम्म...

जसले परिवार र समाजलाई बाटो देखाए, आज तिनै ज्येष्ठ नागरिकको दिन : किन विशेष छ अक्टोबर १?

जसले परिवार र समाजलाई बाटो देखाए, आज तिनै ज्येष्ठ नागरिकको दिन : किन विशेष छ अक्टोबर १?

काठमाडौं । आज अक्टोबर १ अर्थात् अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस।...

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

लामो दूरीका रात्रिकालीन सार्वजनिक सवारीमा अब दुई चालक अनिवार्य

काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन हुने...

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

आकाश भैरवनाथ : काठमाडौंको प्राचीन आस्थाको केन्द्रदेखि इन्द्रजात्राको प्रमुख आकर्षणसम्म

काठमाडौं । काठमाडौंको ऐतिहासिक इन्द्रचोकमा अवस्थित आकाश भैरवनाथ काठमाडौं उपत्यकाको...