काठमाडौं। वैदिक सनातन परम्परामा पितृप्रति श्रद्धा, कृतज्ञता र स्मरण गर्ने विशेष समयका रूपमा मानिने सोह्रश्राद्ध अर्थात् पितृपक्ष २०८३ साल असोज ११ गते आइतबारदेखि सुरु हुँदैछ। यस दिन आश्विन कृष्ण प्रतिपदाको श्राद्ध गरिन्छ। पितृपक्षको अन्तिम दिन असोज २४ गते शनिबार औँसी श्राद्धसँगै पितृ विसर्जन हुनेछ।
शास्त्रीय परम्पराअनुसार आफ्नो दिवंगत पितृको मृत्यु भएको तिथिमा श्राद्ध गर्नु प्रमुख विधान मानिन्छ। सोह्रश्राद्धको अवधिमा तर्पण, सिदादान तथा पिण्डदान गरी पितृप्रति श्रद्धा अर्पण गर्ने परम्परा रहेको धर्मशास्त्रविद्हरूले बताएका छन्। सोह्रश्राद्धलाई केवल एउटा धार्मिक कर्मका रूपमा मात्र नभई पितृऋणको स्मरण र पारिवारिक कर्तव्य निर्वाह गर्ने अवसरका रूपमा पनि लिइन्छ। वैदिक सनातन परम्परामा ठूला पर्व तथा शुभकार्य अघि पितृलाई सम्झेर तर्पण तथा श्राद्ध गर्ने परम्परा रहेको उल्लेख पाइन्छ।
२०८३ साल सोह्रश्राद्धको मुख्य तालिका मिति तिथि/श्राद्ध असोज ११ प्रतिपदा श्राद्ध असोज १२ द्वितीया श्राद्ध असोज १३ तृतीया श्राद्ध असोज १४ चतुर्थी श्राद्ध असोज १५ पञ्चमी श्राद्ध असोज १६ षष्ठी श्राद्ध असोज १७ सप्तमी श्राद्ध असोज १८ अष्टमी श्राद्ध असोज १९ नवमी श्राद्ध असोज २० दशमी श्राद्ध असोज २१ एकादशी श्राद्ध असोज २२ द्वादशी श्राद्ध असोज २३ त्रयोदशी श्राद्ध असोज २४ चतुर्दशी/औँसी श्राद्ध तथा पितृ विसर्जन पात्रोअनुसार असोज १५ मा पञ्चमीसँग सम्बन्धित श्राद्ध, असोज १६ मा षष्ठी, असोज १७ मा सप्तमी, असोज १८ मा अष्टमी र असोज १९ मा नवमी श्राद्ध उल्लेख छ। पछिल्ला दिनमा असोज २० मा एकादशी, २१ मा द्वादशी, २२ मा त्रयोदशी, २३ मा चतुर्दशी र २४ गते औँसी श्राद्ध तथा पितृ विसर्जन रहेको छ।
श्राद्धको समयबारे महत्वपूर्ण कुरा: श्राद्धको मुख्य कर्मलाई शास्त्रीय रूपमा अपराह्नकालमा गर्नुपर्ने उल्लेख धर्मशास्त्रविद्हरूले गरेका छन्। त्यसैले पुरोहितको सुविधाअनुसार बिहानै हतारमा श्राद्ध गर्नेभन्दा सम्बन्धित दिनको तिथि र स्थानीय पञ्चाङ्गअनुसार अपराह्नकाल मिलाएर श्राद्ध गर्नु उचित मानिन्छ।
कारणवश निर्धारित तिथिमा श्राद्ध गर्न नसकिएको अवस्थामा धर्मशास्त्रमा वैकल्पिक व्यवस्था पनि उल्लेख गरिएको छ। यस्तो अवस्थामा आफ्नो कुलपरम्परा र सम्बन्धित पण्डित/आचार्यको निर्देशनअनुसार निर्णय गर्नु उपयुक्त हुन्छ।
वि.सं.२०८३ असोज १० शनिवार १५:२९ मा प्रकाशित

















