back
Close [x]

झापामा हात्तीको त्रास र सुकुमवासी समस्या समाधान गर्न सांसद रानाको माग

वि.सं.२०८३ असोज १६ शुक्रवार

75 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाका नागरिकले जंगली हात्तीको त्रास र सुकुमवासी समस्याका कारण भोग्नुपरेको कठिनाइ प्रति सरकारको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा बोल्दै सांसद रानाले हात्तीबाट हुने क्षति नियन्त्रण गर्न र भूमिसम्बन्धी समस्या समाधान गर्न सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेकी हुन्।

उनका अनुसार बाली भित्र्याउने समयमा जंगली हात्तीले पुर्‍याउने क्षतिले किसानहरू प्रभावित भइरहेका छन्। हात्तीको आक्रमण र बाली नष्ट हुने समस्याबाट स्थानीय बासिन्दालाई जोगाउन आवश्यक सुरक्षा तथा नियन्त्रणका उपाय अपनाउन उनले सरकारको ध्यानाकर्षण गराइन्।

त्यसैगरी, झापामा लामो समयदेखि सुकुमवासी समस्यासँग जुधिरहेका नागरिकलाई जग्गाको स्वामित्व प्रदान गर्ने प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिइन्। जग्गाको निस्सा प्राप्त गरिसकेका नागरिकलाई समेत लालपुर्जा उपलब्ध गराउन ढिलाइ गर्न नहुने उनको माग छ।

सांसद रानाले स्थानीय नागरिकका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गर्नुपर्ने बताएकी छन्। हात्तीबाट हुने क्षति नियन्त्रण र भूमिहीन नागरिकलाई जग्गाको स्वामित्व उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

झापामा जंगली हात्तीबाट हुने क्षति नियन्त्रण तथा सुकुमवासी समस्या समाधानका लागि सरकारी निकायबाट प्रभावकारी कदम चाल्नुपर्ने विषय सांसद रानाले संसद्मार्फत उठाएकी हुन्।

वि.सं.२०८३ असोज १६ शुक्रवार १५:२१ मा प्रकाशित

‘कान्छी’देखि सडकका कुकुरसम्म : राजीव लामाको पशुप्रेमको कथा

‘कान्छी’देखि सडकका कुकुरसम्म : राजीव लामाको पशुप्रेमको कथा

काठमाडौं । मानिसको स्वभाव, आर्थिक अवस्था र सामाजिक हैसियत हेरेर...

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, काठमाडौंमा झरी

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, काठमाडौंमा झरी

काठमाडौं। बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ र पश्चिमी वायुको प्रभावले...

भोटेगण्डकीमा बाढीले क्षतिग्रस्त उत्तरगया धाम पुनःस्थापना गर्ने धर्मगुरुहरूको प्रतिबद्धता

भोटेगण्डकीमा बाढीले क्षतिग्रस्त उत्तरगया धाम पुनःस्थापना गर्ने धर्मगुरुहरूको प्रतिबद्धता

रसुवा । प्राकृतिक विपद्का कारण क्षतिग्रस्त बनेको रसुवा र नुवाकोटको...

कार्तिक स्नान, दान र दीपदानको महिना : धर्म, आस्था र साधनाको विशेष महत्त्व

कार्तिक स्नान, दान र दीपदानको महिना : धर्म, आस्था र साधनाको विशेष महत्त्व

काठमाडौं । हिन्दू धर्मशास्त्रमा कार्तिक महिनालाई स्नान, दान, दीपदान, जप...

आमा बनेपछि महिलाको आराम खोस्ने समाज कहिलेसम्म?

आमा बनेपछि महिलाको आराम खोस्ने समाज कहिलेसम्म?

रातभरि बच्चालाई दूध खुवाएर निन्द्रा नपुगेकी आमा, बिहान कार्यालय जानुपर्ने...

“सन्तानलाई सफल बनाउने होडमा, असल मान्छे बनाउन त बिर्सेनौँ?”

“सन्तानलाई सफल बनाउने होडमा, असल मान्छे बनाउन त बिर्सेनौँ?”

ललिता सिग्देल । सन्तानकाे हातमा महँगो मोबाइल छ, राम्रो विद्यालयमा...