back
Close [x]

राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का छाप्दै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

वि.सं.२०८३ असोज १८ आइतवार

9 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो परिमाणमा एक रुपैयाँ दरका सिक्का उत्पादन गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का डिजाइनदेखि छपाइ, आपूर्ति र ढुवानीसम्मको जिम्मेवारी पूरा गर्न अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार यस प्रक्रियामा यसअघि योग्य ठहर भई छनोट सूचीमा परेका अन्तर्राष्ट्रिय सुरक्षा मुद्रण तथा सिक्का उत्पादन कम्पनीहरूले प्रतिस्पर्धामा सहभागी हुन पाउनेछन्।

यसअघि चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, बेलायतको डि ला रुउ इन्टरनेसनल, जर्मनीको गिसिक डेभ्रियन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी, फ्रान्सको अबरथर फिड्युसेरी एसएएस तथा पोल्याण्डको पोलिस सेक्युरिटिज प्रिन्टिङ योग्य कम्पनीका रूपमा छनोट भएका थिए।

बोलपत्र प्रक्रिया अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक विधिबाट सञ्चालन हुनेछ। सहभागी कम्पनीहरूले प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै खाममा सिलबन्दी गरी बुझाउनुपर्ने व्यवस्था गरिएको छ।

बोलपत्रसम्बन्धी आवश्यक कागजात राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा टक्सार महाशाखा, बबरमहलबाट लिन सकिनेछ। कागजात प्राप्त गर्न २० हजार रुपैयाँ दस्तुर तोकिएको छ।

बोलपत्र प्रक्रियाबारे थप स्पष्टता लिन चाहने कम्पनीका लागि अक्टोबर १५ गते दिउँसो १२ बजे मुद्रा व्यवस्थापन विभागमा पूर्वबोलपत्र बैठक आयोजना गरिनेछ।

इच्छुक कम्पनीहरूले नोभेम्बर ३ गते दिउँसो १२ बजेसम्म आफ्नो बोलपत्र राष्ट्र बैंकमा बुझाइसक्नुपर्नेछ। प्राप्त बोलपत्र सोही दिन दिउँसो १ बजे खोलिने राष्ट्र बैंकले जनाएको छ।

बोलपत्रमा सहभागी हुन कम्पनीहरूले न्यूनतम १ लाख ४८ हजार अमेरिकी डलर बराबरको धरौटी राख्नुपर्नेछ। बोलपत्रको वैधता अवधि १२० दिन रहनेछ भने धरौटीको वैधता बोलपत्रको अवधि समाप्त भएपछि थप ३० दिन कायम रहने व्यवस्था छ।

राष्ट्र बैंकले बोलपत्र प्रक्रियामा प्राप्त प्रस्तावमध्ये आवश्यकताअनुसार कुनै एक, केही वा सबै प्रस्ताव पूर्ण वा आंशिक रूपमा स्वीकार गर्न वा अस्वीकार गर्न सक्ने स्पष्ट पारेको छ।

वि.सं.२०८३ असोज १८ आइतवार १२:४४ मा प्रकाशित

चिनी ठानेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

चिनी ठानेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

हेटौँडा । मकवानपुरको मनहरीमा अमिलो साँधेर खाने क्रममा चिनीको सट्टा...

कास्कीकोटकी गुप्तकालिका भगवती : इतिहास र आस्थाको संगम

कास्कीकोटकी गुप्तकालिका भगवती : इतिहास र आस्थाको संगम

कास्की । पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट धार्मिक तथा ऐतिहासिक दृष्टिले...

रुपन्देहीमा पेस्तोल पड्किँदा युवक घाइते, तीन जना प्रहरी नियन्त्रणमा

रुपन्देहीमा पेस्तोल पड्किँदा युवक घाइते, तीन जना प्रहरी नियन्त्रणमा

बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलेको घटनामा एक युवक...

सुदूरपश्चिममा स्वास्थ्य बिमाको पहुँच विस्तार, ७ लाखभन्दा बढी नागरिक आबद्ध

सुदूरपश्चिममा स्वास्थ्य बिमाको पहुँच विस्तार, ७ लाखभन्दा बढी नागरिक आबद्ध

धनगढी । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा सेवाको दायरामा आउने नागरिकको...

आज विश्व पशु दिवस : जनावरप्रति माया, संरक्षण र कल्याणको सन्देश

आज विश्व पशु दिवस : जनावरप्रति माया, संरक्षण र कल्याणको सन्देश

काठमाडौं । आज २०८३ असोज १८ गते अर्थात् अक्टोबर ४...

आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना, तापक्रम यस्तो रहने

आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना, तापक्रम यस्तो रहने

काठमाडौं । आज २०८३ असोज १८ गते आइतबार देशका विभिन्न...