back
Close [x]

रुपन्देहीमा पेस्तोल पड्किँदा युवक घाइते, तीन जना प्रहरी नियन्त्रणमा

वि.सं.२०८३ असोज १८ आइतवार

6 

shares

बुटवल । रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलेको घटनामा एक युवक घाइते भएका छन्। घटनापछि प्रहरीले गोली चलाएको आरोप लागेका व्यक्तिसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार देवदह नगरपालिका–५ मितेरी गाउँका ४२ वर्षीय दीपक खरेल भनिने दुर्गाप्रसाद खरेलले समातेको पेस्तोलबाट एक राउन्ड गोली चलेको थियो। गोली लागेर बुटवल उपमहानगरपालिका–९ मिलनचोकका २२ वर्षीय रायन खत्री क्षेत्री घाइते भएका छन्।

घटना शनिबार असोज १७ गते अपराह्न पौने ४ बजेतिर भएको हो। प्रहरीका अनुसार पेस्तोल देखाउने क्रममा गोली चलेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घाइते खत्रीको देवदह मेडिकल कलेज, भलुहीमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

घटनाको सूचना पाएपछि खैरेनी प्रहरी चौकीबाट खटिएको टोलीले खरेलसहित कमल शर्मा र अमृत खरेललाई नियन्त्रणमा लिएको हो।

प्रहरीले खरेलको साथबाट एक थान पेस्तोल र दुई राउन्ड गोली समेत बरामद गरेको जनाएको छ। घटनाको कारण तथा अन्य पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

वि.सं.२०८३ असोज १८ आइतवार १३:५२ मा प्रकाशित

चिनी ठानेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

चिनी ठानेर युरिया मल खाँदा मकवानपुरमा ७ जना बिरामी

हेटौँडा । मकवानपुरको मनहरीमा अमिलो साँधेर खाने क्रममा चिनीको सट्टा...

कास्कीकोटकी गुप्तकालिका भगवती : इतिहास र आस्थाको संगम

कास्कीकोटकी गुप्तकालिका भगवती : इतिहास र आस्थाको संगम

कास्की । पोखरा महानगरपालिका–२४ स्थित कास्कीकोट धार्मिक तथा ऐतिहासिक दृष्टिले...

सुदूरपश्चिममा स्वास्थ्य बिमाको पहुँच विस्तार, ७ लाखभन्दा बढी नागरिक आबद्ध

सुदूरपश्चिममा स्वास्थ्य बिमाको पहुँच विस्तार, ७ लाखभन्दा बढी नागरिक आबद्ध

धनगढी । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा सेवाको दायरामा आउने नागरिकको...

राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का छाप्दै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

राष्ट्र बैंकले ४० करोड थान एक रुपैयाँका सिक्का छाप्दै, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले ठूलो परिमाणमा एक रुपैयाँ दरका...

आज विश्व पशु दिवस : जनावरप्रति माया, संरक्षण र कल्याणको सन्देश

आज विश्व पशु दिवस : जनावरप्रति माया, संरक्षण र कल्याणको सन्देश

काठमाडौं । आज २०८३ असोज १८ गते अर्थात् अक्टोबर ४...

आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना, तापक्रम यस्तो रहने

आजको मौसम : केही स्थानमा वर्षाको सम्भावना, तापक्रम यस्तो रहने

काठमाडौं । आज २०८३ असोज १८ गते आइतबार देशका विभिन्न...